
नयाँ विकल्प,
काठमाडौ – लामो समयको रस्साकस्सीपछि नेकपा उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्यमा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले बिहीबार उनलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले उनलाई नेपालको संविधान बमोजिम रिक्त राष्ट्रियसभा सदस्यमा नियुक्त गरेको जानकारी दिएका छन् । प्रतिनिधिसभाको गएको निर्वाचनमा बर्दिया २ बाट पराजित गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले निर्णय गरेको थियो।
गौतम नेकपाका उपाध्यक्ष समेत हुन् । गौतमको शपथ ग्रहण आजै तय भएको राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले जानकारी दिए। संसद सचिवालय सिंहदरबारमा उनलाई अध्यक्ष गणेश तिमिल्सिनाले शपथ गराउने कार्यक्रम रहेको छ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौंको नागार्जुन नगर सभापतिमा राजेन्द्र बुढाथोकी विजयी भएका छन्। नागार्जुन नगरको तेस्रो नगर अधिवेशनअन्तर्गत...
काठमाडौं : नेपाली कांग्रेस को १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर पालिका तहका अधिवेशन सुरु भएका छन्। पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार...
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...