हर्क साम्पाङको प्रश्न- लिपुलेकमा भारतले नाका खोल्दा सरकार किन चुप ? – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

हर्क साम्पाङको प्रश्न- लिपुलेकमा भारतले नाका खोल्दा सरकार किन चुप ?

काठमाडौं : श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले लिपुलेकमा भारतले नाका खोल्दा सरकार किन चुप छ भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद साम्पाङले सीमा जोगाउन सेना पठायो कि सुकुमबासी बस्तीमा रहेका गरिब जनतालाई हटाउन भन्ने प्रश्न समेत गरे ।

‘सरकारले छिमेकी मुलुकहरूले सीमा मिचेर नेपालको भूमि मिचेर नाका खोल्दा सरकार किन चुप छ,’ सांसद साम्पाङले भने । उनले सरकारले नेपाली सेनालाई नेपालको सीमा बचाउन पठायो कि सुकुम्वासी बस्तीमा गरिब जनता उठाउन भन्दै प्रश्न गरे ।

उनले देश अभिभावकविहीन भएको पनि बताए । सुकुम्वासी रुवाउने सरकार जनताको अभिभावक हुन नसक्ने बताए । उनले संविधान मिच्ने सरकारको कुनै औचित्य हुन्छ र ? भन्दै प्रश्न पनि गरे । उनले प्रश्न गर्दै भने, ‘प्रधानमन्त्री सुकुम्वासीलाई राखिएका होल्डिङ सेन्टरमा पुग्नुभएको छ कि कार्यालय र निवासमै लुकेर बस्नुभएको छ ?’

सांसद साम्पाङले सरकार चलाउनेलाई सामान्य हिसाब समेत सिकाउनुपर्ने अवस्था आएको भन्दै व्यंग्य समेत गरे । उनले संवैधानिक परिषद्मा ६ जनामा ३ जना कसरी बहुमत भयो ?  ४ पहिले आउँछ कि १ पहिले आउँछ ? भन्ने प्रश्न पनि सरकारसँग गरे ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०८३ बैशाख २८, १५: ०४

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०८३ बैशाख २८, १५: ०४

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०८३ बैशाख २८, १५: ०४

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...