कांग्रेस उपसभापति शर्माको प्रश्न- यो कस्तो लोकतन्त्र प्रधानमन्त्रीजी ? – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

कांग्रेस उपसभापति शर्माको प्रश्न- यो कस्तो लोकतन्त्र प्रधानमन्त्रीजी ?

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीमाथि लोकतान्त्रिक मूल्य र नागरिकको आत्मसम्मानमाथि प्रश्न उठाएका छन्।

सुर्खेतमा आयोजित कार्यक्रममा बोल्दै उनले नेताको आत्मसम्मान जोगिने तर सर्वसाधारण नागरिकको आत्मसम्मान राज्यको बुटले कुल्चिने अवस्था लोकतन्त्रका लागि दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे।

उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै विगतमा आफ्नै परिवारका सदस्य चढेको गाडी प्रहरीले रोकेको घटनापछि ‘सिंहदरबार जलाइदिन्छु’ भनिएको प्रसंग स्मरण गराउँदै त्यसबेला आफूलाई आत्मसम्मानमा चोट पुगेको महसुस भएको भए अहिले टहरा भत्काउन लाग्दा आत्महत्या गरेका इन्द्रबहादुर राईको आत्मसम्मानको जिम्मेवारी कसले लिने भन्दै प्रश्न गरे।

शर्माले राई परिवारको पीडा र आँसुको मूल्य राज्यले नबुझेको आरोप लगाए। “तपाईंको राज्यमा एउटा नागरिकको कुनै मूल्य छ कि छैन ?” भन्दै उनले सरकारप्रति असन्तुष्टि व्यक्त गरे।

घरटहरा हटाउने क्रममा पर्याप्त विकल्प र व्यवस्थापन नगरी सिधै डोजर चलाइएको भन्दै उनले त्यसलाई लोकतान्त्रिक अभ्यासविपरीत भएको बताए। लगत संकलन गरेर उचित पुनर्स्थापनाको व्यवस्था नगरी घरको छानामाथि डोजर चलाउनु अमानवीय भएको उनको भनाइ थियो।

त्यसैगरी उनले संवैधानिक परिषद्को निर्णय प्रक्रियामाथि पनि प्रश्न उठाए। “संवैधानिक परिषद्मा ६ मध्ये ३ जनाको बहुमतलाई आधार बनाइ निर्णय गरिनु कस्तो लोकतन्त्र हो ?” भन्दै उनले सरकारको कार्यशैलीमाथि आलोचना गरे।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०८३ बैशाख २८, १७: ४१

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०८३ बैशाख २८, १७: ४१

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०८३ बैशाख २८, १७: ४१

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...