
काठमाडौं : नेपाली कांग्रेसका १९ जना नेताहरू पार्टीको केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत भएका छन् । त्यसरी मनोनीत हुनेहरूमा शेरबहादुर देउवा पक्ष र डा शेखर कोइराला पक्षका नेताहरु छन् । देउवा पक्षका १२ जना र कोइराला पक्षका ७ जना नेता मनोनीत भएका छन् ।
कांग्रेसभित्र संस्थापन र इतर पक्षको एकताका लागि संवाद भइरहेका बेला सभापति गगनकुमार थापाले इतर पक्षका नेताहरूलाई कार्यसमितिमा समेटेका हुन् ।
सभापति थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम उनीहरूलाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए ।
नेता डा. शेखर कोइराला पक्षका सुजाता कोइराला, राजीव कोइराला र जीवन परियारलगायत मनोनीत भएका छन् । यस्तै, नेताहरू महेन्द्र यादव, उमेश श्रेष्ठ, रमेश रिजाल, दिलेन्द्रप्रसाद बडू पनि मनोनीत भएका छन् ।
चन्द्रकान्त भण्डारी, अजयकुमार चौरसिया, लक्ष्मी परियार, आङ्गेलु शेर्पा, दिनेशकुमार यादव, राजीव ढुंगाना, प्रा.डा. गोविन्दराज पोखरेल, सुशिला मिश्र भट्ट, नागिना यादव, दिनेश कोइराला, जीवन राना र सीता थपलिया (उर्मिला) पनि केन्द्रीय कार्यसमितिमा समेटिएका छन् ।
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...