
सुर्खेत : नेपाली कांग्रेसले परिकल्पना गरेको समुन्नत नेपालको प्रमुख आधार नै गाउँ र नगरको समुन्नति भएको निष्कर्ष निकाल्दै पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको कर्णाली प्रदेशका जनप्रतिनिधि तथा नेतृत्वको भेलाले २१ बुँदे ‘कर्णाली संकल्प’ जारी गरेको छ ।
संकल्पपत्रमा संविधानप्रदत्त नागरिकको स्वतन्त्रता र अधिकारलाई संरक्षण गर्दै नागरिकमुखी नीतिमार्फत उत्तरदायी र जवाफदेही सरकारका रूपमा प्रभावकारी ढङ्गले कार्य गर्ने प्रतिबद्धता जनाइएको छ । असल शासन, विधि र जवाफदेहितालाई एक-अर्काका अभिन्न अङ्गका रूपमा लिँदै कानुनको कार्यान्वयन गरिरहँदा मानवीयतालाई केन्द्रमा राखेर काम गर्ने संकल्प गरिएको छ ।
सार्वजनिक सेवा प्रवाहलाई थप सरलीकृत गर्दै अपाङ्गता भएका व्यक्ति, अशक्त, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, दीर्घरोग भएका नागरिक र विपन्न बस्तीमा घर-आँगनमै सेवा दिने प्रयासलाई प्राथमिकतामा राखेर व्यवस्थित बनाइने उल्लेख छ । संवैधानिक व्यवस्थाअनुरूप असार १० भित्र अनिवार्य रूपमा बजेट सभामा पेस गर्ने, योजना तर्जुमा गर्दा अनिवार्य रूपमा सात चरण पूरा गरेर यथार्थपरक र परिणाममुखी बनाउने, खर्चको मापदण्ड बनाई कार्यविधिबमोजिम मात्र गर्ने र वित्तीय अनुशासनमा विशेष ध्यान दिई शून्य बेरुजुका लागि अग्रसरता लिने प्रतिबद्धता संकल्पमा छ ।
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...