सरकार ! बामदेवजस्तै विश्वास दिलाउन कुलमानले कस्तो परीक्षा दिनुपर्ने ? – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

सरकार ! बामदेवजस्तै विश्वास दिलाउन कुलमानले कस्तो परीक्षा दिनुपर्ने ?

नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेल


नयाँ विकल्प,
काठमाडौं – आवधिक निर्वाचनबाट चुनिएका प्रतिनिधिले शासन गर्न पाउने लोकतन्त्रमा विधिकै पालना गरिन्छ तर, यही विधिलाई देखाएर लोकतन्त्रको चीरहरण गरिन्छ भन्ने उदाहरण एक सातामा सरकारले गरेका निर्णयले गतिलो उदाहरण देखाएको छ ।

सत्तारुढ दल नेकपाको आधिकारिक अभिव्यक्ति दिने प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘उर्जा क्षेत्रमा कुलमान घिसिङले दिएको योगदानलाई नेपाली जनताले कहिल्यौ बिसर्ने छैनन् र नेपाल आमाका सुयोग्य सुपुत्र उनी प्राधिकरणमा पनुर्नियक्ति हुने’ बताए । तर, उनको यो सूचना झुट सावित भयो ।

भदौ १८ गते ४ वर्षे कार्यकाल सकिएका प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई भदौ २९ को मन्त्रिपरिषद् बैठकले पनुर्नियुक्तिको निर्णय गर्ने विश्वासलाई लत्याउँदै प्रधानमन्त्री ओलीले प्रकृया नपुर्याइ नियुक्ति दिन नसक्ने भन्दै विधिको अत्तो थापे । प्रधानमन्त्री तथा मुलुकको कार्यकारी यो निकायको नियतको सर्बत्र आलोचना भएको छ ।

कुलमानलाई विधि नपुर्याइ प्राधिकरणमा नल्याउने तर्क गरेको सरकारले विहीबार मात्र बर्दिया क्षेत्र नं १ बाट कांग्रेसका संजय गौतमसँग पराजित बामदेव गौतमलाई ६ महिनादेखि खाली रहेको राष्ट्रिय सभा सदस्यमा मनोनित गरेर लोकतन्त्रको चीरहरण गरिएको छ ।

प्राधिकरणको कार्यकारी निर्देशक भएपछि देशबाट लोडसेडिङ हटाउन योगदान दिएका कुलामानलाई नेपाली नागरिक जनजनले जय जयकार गरिरहँदा सरकारले विधि र प्रक्रिया पुर्याउनु पर्ने अत्तो थापेको प्रति नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले समेत गम्भिर आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै पौडेलले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङ पुनर्नियुक्तिको माग स्वभाविक भए पनि उनले कुन परिक्षा दिनु पर्ने हो ? प्रश्न गरेका छन् ।

‘हामी कुलमानको कामलाई सम्मान गर्छौ, उदारणिय कार्य गर्ने जो कोहीलाई जनताले पूनः नियुक्ति माग गर्नु स्वभाविक छ ।यति काम गर्दा पनि सरकार उनलाई प्रतिस्पर्धाको परिक्षा लिन आग्रह गर्दैछ’, पौडेलले ट्विटम प्रश्न गरे, ‘सरकार ! वामदेव कुन नतिजा लिएर विराजमान भए ?’

जनताले पराजित गरेका र नपत्याएका गौतमलाई सांसद बनाउने सरकारले जनताले सडकम उत्रिएर कुलामानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा ल्याउन गरेको आवाजलाई लक्षित गर्दै नेता पौडेलले भने, ‘बामदेवले जस्तै विश्वास दिलाउन कुलमानले कस्तो परिक्षा दिनुपर्ने ?’

सम्बन्धित समाचार

भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
  • २०७७ आश्विन १, १८: ३१

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा भोलि असोज ७ गते देशैभर एकसाथ पालिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
  • २०७७ आश्विन १, १८: ३१

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमा दोहा...

भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
  • २०७७ आश्विन १, १८: ३१

काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...