
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि लगाएको निलम्बन फुकुवा गरेको छ । शुक्रबार शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको छलफलपछि राखेपले एन्फामाथि लगाएको निलम्बन फुकुवा गरेको हो ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, राखेपका सदस्यसचिव रामचरित्र मेहता तथा एन्फाका महासचिव किरण राई र प्रवक्ता सुरेश शाहबीच भएको बैठकपछि निलम्बन फुकुवा गर्ने सहमति बनेको हो । बैठकमा एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र मन्त्रीका सल्लाहकार सिद्धि व्यञ्जनकार पनि सहभागी थिए ।
एन्फाका प्रवक्ता सुरेश शाहले राखेपले लगाएको निलम्बन बिनासर्त फिर्ता लिएको बताएका छन् । उनका अनुसार अब यसबारे अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफालाई जानकारी गराइनेछ ।
राखेपले गत चैत ११ गते खेलकुद विकास ऐन २०७७ को दफा २९ (२) अनुसार एन्फा नेतृत्वलाई तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । परिषद्ले आफ्नो निर्देशन पटकपटक पालना नभएको तथा चैत १३ गते प्रस्तावित एन्फा निर्वाचनलाई लिएर उक्त कदम चालेको जनाएको थियो ।
निलम्बन फुकुवासँगै नेपाली महिला फुटबल टोलीको आगामी साफ महिला च्याम्पियनसिपमा सहभागिताको सम्भावना समेत बलियो भएको एन्फा पक्षले जनाएको छ ।
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...
काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज...