
पोखरा : नेपाली कांग्रेसको गण्डकी प्रदेशस्तरीय दुईदिने भेला ३० बुँदे ‘गण्डकी संकल्प–२०८३’ जारी गर्दै पोखरामा सम्पन्न भएको छ। पार्टीको नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित भेलाले सुशासन, नागरिकमैत्री सेवा, पर्यटन प्रवर्द्धन, आर्थिक सुधार, स्वास्थ्य, शिक्षा, रोजगारी, सामाजिक न्याय र संघीयताको प्रभावकारी कार्यान्वयनलाई केन्द्रमा राख्दै महत्त्वपूर्ण संकल्पहरू पारित गरेको हो।
वैशाख ३१ र जेठ १ गते सम्पन्न कार्यशालामा गण्डकी प्रदेशका सभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुख, पार्टीका प्रदेश, जिल्ला, क्षेत्र तथा गाउँ–नगरपालिका सभापतिहरू सहभागी भएका थिए। भेलाले “समुन्नत नेपालको आधार गाउँ र नगरको समुन्नति” भन्ने अवधारणालाई आत्मसात गर्दै स्थानीय सरकारलाई अझ प्रभावकारी, जवाफदेही र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
सुशासनदेखि सेवा प्रवाहसम्म जोड भेलाले संविधानप्रदत्त नागरिक अधिकारको संरक्षण गर्दै उत्तरदायी सरकार सञ्चालन गर्ने, विधि र पारदर्शितालाई प्राथमिकता दिने तथा सार्वजनिक सेवा प्रवाहलाई थप सरल र सहज बनाउने संकल्प गरेको छ। अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, गर्भवती, सुत्केरी तथा विपन्न समुदायलाई घरदैलोमै सेवा दिने योजनालाई थप प्रभावकारी बनाइने उल्लेख गरिएको छ।
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...