विश्वबाट विस्थापित १५० बर्ष पुरानाे रेल, डेन्टिङ पेन्टिङ गरेर जनकपुर-जयनगर – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

विश्वबाट विस्थापित १५० बर्ष पुरानाे रेल, डेन्टिङ पेन्टिङ गरेर जनकपुर-जयनगर


नयाँ विकल्प
काठमाडाैं- विश्वबाट विस्थापित १५० बर्ष पुरानाे माेडेल अन्तर्गतकाे न्यारो ब्रोडगेज लिकमा मात्र चल्ने रेल अव जनकपुर जयनगरमा सञ्चालनमा आउने भएकाे छ ।

नेपाल सरकार विशेष गरि प्रधानमन्त्री केपी शर्मा ओलीकाे महत्वकांक्षी याेजनका अन्तर्गतकाे याे रेल कम गति क्षमता भएकाे , सञ्चालनमा अत्यान्तै खर्चिलो र मर्मत सम्भारमा समेत झन्झटिलाे मानिन्छ । भारतमा बनेकाे याे रेल स्वयं भारतले समेत पछिल्लाे समय विस्थापन गर्दै लगेकाे छ ।

मध्यम दूरीका लागि मात्र चल्ने याे रेल प्रति प्रतिघण्टा १०० किलोमिटर दूरी तय गर्न सक्छ । यस्ताे रेल पहाडी क्षेत्रमा मात्र चल्ने पुरानाे माेडेलकाे रेल हाे । नेपालले झन्डै ८५ करोड रुपैयाँमा दुई सेट रेल खरिद गरेका रेल मध्ये एउटा शुक्रबार दिउँसाे नेपाल जनकपुर आइपुग्ने छ ।

डिजेल इन्जिनबाटमात्र सञ्चालन हुने भएकाले याे रेललाइ उपयाेगी मानिदैन र अत्यन्तै खर्चिलाे मानिन्छ । भारत लगायतका मुलुकले झन्डै २५ बर्ष पहिलेदेखि नै यस्ता इन्धन क्षमताका रेललाइ विस्थापित गरेर विजुलीबाट चल्ने नयाँ माेडेलका रेल सञ्चालनमा ल्याएका छन ।

विजुलीबाट चल्ने पछिल्लाे माेडेलका रेलकाे गति ३०० किलाे मिटर प्रतिघण्टा भन्दा माथी छ । भारत , पाकिस्थान, चीन लगायत नेपालका छिमेकी मुलुकले समेत न्यारो ब्रोडगेज लिंकमा मात्र चल्ने रेललाइ विस्थापित गरेर विधुतीय रेल सञ्चालनमा ल्याएका छन् ।

नेपाल ल्याउन लागेकाे रेलकाे एउटा सेटमा पाँचवटा डिब्बा हुनेछन् । रेलको एउटा सेटमा एक पटकमा १२ सयदेखि १३ सयजनाले यात्रा गर्न सक्नेछन् । नेपालमा याे रेल सञ्चालन गर्ने जनशक्ति नभएकाले कम्तीमा एक वर्षसम्म भारतबाट चालक ल्याएर चलाउनु पर्ने छ ।

मर्मतका लागि पनि प्राविधिकहरू चाहिने भएकोले त्यो पनि निश्चित समयका लागि भारतबाट ल्याउनु पर्ने छ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरको दूरीमा रेल सञ्चालन गर्न लागिएको याे रेल तत्काल जयनगरदेखि जनकपुरसम्म मात्र संचालनमा अाउने छ ।

नेपाल सरकारले ल्याउन लागेकाे याे रेल पुरानाे माेडेलका कारण यस प्रणलीकाे रेल सञ्चालनले राज्यमाथि आर्थिक भार थपिने बाहेक उपब्धी हुने छैन । विश्वबाट विस्थापीत भइसकेको न्यारो ब्रोडगेज लिकमा रेल जनकपुरमा आइपुगेकाे भन्दै नेकपा कार्यकता र स्वयं सरकारले प्रचार प्रसार तिव्र पारेकाे छ ।

सामाजिक सञ्जालमा रेलबारे प्रतिक्रिया

सम्बन्धित समाचार

आज यी स्थानमा भारी वर्षाको सम्भावना
आज यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०७७ आश्विन २, १२: ५१

काठमाडौं : हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून...

प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै
  • २०७७ आश्विन २, १२: ५१

काठमाडौं : सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे बस्ने बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी...

आज हरिपरिवर्तिनी एकादशी, भगवान विष्णुको पूजा–आराधना गरिँदै
आज हरिपरिवर्तिनी एकादशी, भगवान विष्णुको पूजा–आराधना गरिँदै
  • २०७७ आश्विन २, १२: ५१

काठमाडौं । आज हरिपरिवर्तिनी एकादशी । भाद्र शुक्ल पक्षको एकादशी तिथिलाई हरिपरिवर्तिनी एकादशी, वामन एकादशी वा जयन्ती एकादशीका रूपमा मनाउने...