कांग्रेसको बागमती प्रदेशस्तरीय भेला सुरु – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

कांग्रेसको बागमती प्रदेशस्तरीय भेला सुरु

काठमाडौं : नेपाली कांग्रेसको बागमती प्रदेशस्तरीय भेला सुरु भएको छ । कांग्रेसको नीति तथा अनुसन्धान प्रतिष्ठानले धुलिखेलमा बागमती प्रदेशको भेला आयोजना गरेको हो ।

भेलालाई सम्बोधन गर्दै सभापति गगन थापाले संविधान सभाको निर्वाचन नभएको भए मुलुक कुन अवस्थामा पुग्थो होला ? भन्दै प्रश्न गरे ।

त्यसैले तत्कालिन पार्टी सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कांग्रेस हारे पनि देश हार्नु हुँदैन भनेर संविधान सभाको निर्वाचन गराएको उनले स्मरण गरे ।

भेला आगामी राजनीतिक कार्यदिशा, निर्वाचन समीक्षा तथा सुशासनका सवालमा केन्द्रित रहने जनाइएको छ । भेलामा बागमती प्रदेशबाट पार्टीको केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने सम्पूर्ण केन्द्रीय सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, १० वटै जिल्लाका सभापति, प्रतिनिधिसभा सदस्य, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुख तथा गाउँपालिका अध्यक्ष–उपाध्यक्षहरूको सहभागिता रहेको छ ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०८३ जेष्ठ ४, १३: ३२

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०८३ जेष्ठ ४, १३: ३२

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०८३ जेष्ठ ४, १३: ३२

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...