
काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब कांग्रेसभित्र गुटको राजनीति अन्त्य गरेर पार्टीलाई सुदृढ बनाउने दिशामा अघि बढ्नुपर्ने बताएका छन्।
कांग्रेसको नीति तथा अनुसन्धान प्रतिष्ठानले धुलिखेलमा आयोजना गरेको बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले अबको नीति गुट भत्काउने, पार्टी बनाउने रहेको बताएका हुन् ।
उनले पार्टीभित्र अविश्वासको वातावरण सिर्जना गर्नु उचित नभएको बताए। उनले कांग्रेस सभापति गगन कुमार थापा माथि शंका गर्नुभन्दा आफ्नै वडाका पार्टी सभापतिमाथि विश्वास गर्न आग्रह गरे।
शर्माले क्रियाशील सदस्यता अधिवेशन प्रक्रिया वडा तहकै नेतृत्वमार्फत सञ्चालन हुने भएकाले पार्टी संरचनामाथि अनावश्यक शंका नगर्न आग्रह गरे। “अधिवेशनको प्रक्रिया गगन थापाले एक्लैले गर्ने होइन, वडा–वडाका सभापतिहरूले गर्ने हो,” उनले भने।
उनले १४औँ महाधिवेशनबाट निर्वाचित वडा, पालिका र जिल्ला सभापतिहरू नै अहिले पनि जिम्मेवारीमा रहेको उल्लेख गर्दै पार्टीभित्रको अविश्वासले संगठन कमजोर बन्न सक्ने बताए।
उपसभापति शर्माले विशेष महाधिवेशनमा सहभागी भएकाहरूलाई मात्रै जिम्मेवारी दिइए पार्टी विभाजनतर्फ धकेलिन सक्ने चेतावनी दिए। उनले सहभागी नभएकाहरूलाई समेत समेट्दै क्रमशः जिम्मेवारी बाँडफाँट गरिने बताए।
उनका अनुसार कांग्रेसले अब गुट जोगाउने होइन, पार्टी निर्माण गर्ने नीति अपनाउनुपर्ने आवश्यकता छ।
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...