प्रधानन्यायाधीश सिफारिस विवाद : नेपाल बारको आज लाल्टिन प्रदर्शन – Naya Bikalpa
July 29, 2026, Wednesday      Epaper

प्रधानन्यायाधीश सिफारिस विवाद : नेपाल बारको आज लाल्टिन प्रदर्शन

काठमाडौँ ।  नेपाल बार एसोसिएसनले आज लाल्टिन बालेर विरोध प्रदर्शन गर्ने भएको छ ।

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको सिफारिसविरुद्ध दायर गरिएको रिट सर्वोच्च अदालतले दर्ता नगरेको विरोधमा नेपाल बारले प्रदर्शन गर्न लागेको हो ।

सोमबार कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले  रोकिएका रिट निवेदन दर्ता गर्न सर्वोच्च प्रशासनलाई लिखित निर्देशन दिएकी थिइन् । तर, नेपाल बारका अनुसार सर्वोच्च प्रशासनले उक्त आदेश कार्यान्वयन नगरेको जनाएको छ ।

नेपाल बारका पदाधिकारीको सोमबार बसेको आकस्मिक बैठकले न्याय प्रशासनको अन्तिम जिम्मेवारी बहन गर्ने कामु प्रधानन्यायाधीशको आदेशसमेत पालना नगर्नु अस्वाभाविक र अप्राकृतिक ‘रवैया’ भएको टिप्पणी गरेको छ ।

बारले न्यायिक प्रक्रिया र प्रशासनिक निर्णयप्रति गम्भीर प्रश्न उठेको भन्दै विरोध कार्यक्रममार्फत आफ्नो असन्तुष्टि सार्वजनिक गर्न लागेको जनाएको छ ।

सम्बन्धित समाचार

सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संलग्न नहुन कांग्रेसको आग्रह
सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संलग्न नहुन कांग्रेसको आग्रह
  • २०८३ जेष्ठ ५, ०९: ११

काठमाडौं : नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज र कप्तानगञ्जमा भएका दुःखद घटना र त्यसपछिको तनावपूर्ण परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक...

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित
आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित
  • २०८३ जेष्ठ ५, ०९: ११

काठमाडौं : स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति...

नेपालमा पाटेबाघको संख्या ४२९ पुग्यो, चितवनमा सबैभन्दा धेरै १४५ बाघ
नेपालमा पाटेबाघको संख्या ४२९ पुग्यो, चितवनमा सबैभन्दा धेरै १४५ बाघ
  • २०८३ जेष्ठ ५, ०९: ११

काठमाडौँ ।  नेपालमा पाटेबाघ (रोयल बंगाल टाइगर) को अनुमानित संख्या बढेर ४२९ पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले...