

नयाँ विकल्प,
काठमाडौं – जनता सामजवादी पार्टीले भोली असोज ३ गते संविधान दिवस नमनाउने निर्णय गरेको छ ।
जनता समाजवादीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा संविधानमा संघीयता, समावेसी लोकतन्त्र हुनुको साथै बिभेदकारी प्रावधानहरु समेत राखिएले सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने जननाइएको छ ।
पार्टीले असोज ३ गते संविधानमा रहेका बिभेदकारी एवम् त्रुटिपूर्ण प्रावधानहरु परिवर्तनका लागि संविधान संशोधनको दबाब दिन देशका प्रमुख सहरहरुमा शान्तिपूर्ण बिरोध कार्यक्रमहरु आयोजना गर्न जनसमुदाय र पार्टीका संगठनलाई आव्हान गरेको छ ।
जनता समाजवादी पार्टीले जनआन्दोलन, जनयुद्ध, ऐतिहासिक मधेश जनविद्रोह लगायतका आन्दोलनको बेला सरकारसँग भएका सम्झौताहरु अन्तरिम संविधानमा भएका प्रावधानहरु, पहिलो संविधान सभामा सर्वसम्मत भइसकेका विषयहरु समेटेर संविधान संशोधन नभएको भन्दै विरोध जनाएको हो ।
‘जनताको अभिमतलाई अनादर र उपेक्षा गर्दै जनतमाथि दमन र हत्या गरी विभेदकारी, अधुरो, अपुरो तथा त्रुटिपूर्ण संविधानले मधेशी, आदिवासी जनजाति, दलित÷शिल्पी, महिला, खस, मुश्लिम, थारु अल्पसंख्यक समुदायको मुद्धालाई संवोधन गर्न सकेको छैन’, विज्ञप्तीमा भनिएको छ ।
पाँच महिनाअघि तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी मिलेर गठन भएको जनता समाजवादी पार्टीले एकीकरणपछि संविधान दिवसको दिन बिरोध कार्यक्रम गर्ने निर्णय गरेका हुन् ।
यसअघि गत वर्ष २०७६ सालमा उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी सत्तामा भएकाले विरोधको कार्यक्रम गरेको थिएन भने महन्थ ठाकुर नेतृत्वको राजपाले सो दिनलाई कालो दिवसको रुपमा मनाएको थियो ।
कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...
गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...