पश्चिमी न्यून चापीय प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षा, चट्याङ र हुरीको सम्भावना – Naya Bikalpa
June 25, 2026, Thursday      Epaper

पश्चिमी न्यून चापीय प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षा, चट्याङ र हुरीको सम्भावना

काठमाडौं । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा नेपाल नजिक सक्रिय न्यून चापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न भागमा बदली, वर्षा र हुरी चल्ने सम्भावना रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ। तराईका अधिकांश क्षेत्रमा आंशिक बदली देखिएको छ।

हाल लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आइतबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। यी प्रदेशका केही स्थान तथा कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेश तथा कोसी, वाग्मती र गण्डकीका तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।

रातिको समयमा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशको तराईमा आंशिक बदली रहने पूर्वानुमान छ। बाँकी तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने जनाइएको छ।

सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ। साथै कोसी र वाग्मती प्रदेशका हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

लुम्बिनी प्रदेशको तराई क्षेत्रमा केही स्थानमा हुरी चल्न सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन तथा मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा अवलोकन गर्न महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।

सम्बन्धित समाचार

क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
  • २०८३ जेष्ठ १७, ०८: २५

धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...

नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
  • २०८३ जेष्ठ १७, ०८: २५

काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...

रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
  • २०८३ जेष्ठ १७, ०८: २५

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...