राष्ट्रिय सद्भावना पार्टी नेपाली कांग्रेसमा मिसियो, अनिल झा केन्द्रीय सदस्यमा मनोनीत – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

राष्ट्रिय सद्भावना पार्टी नेपाली कांग्रेसमा मिसियो, अनिल झा केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं : राष्ट्रिय सद्भावना पार्टी नेपाली कांग्रेसमा समाहित भएको छ । आइतबार कांग्रेस र राष्ट्रिय सद्भावना पार्टीबीच सहमतिको दस्तावेजमा कांग्रेस सभापति गगनकुमार थापा र राष्ट्रिय सद्भावना पार्टीका अध्यक्ष नृपेन्द्रकुमार सिंहले हस्ताक्षर गरे ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आज भएको कार्यक्रममा सभापति थापाले राष्ट्रिय सद्भावना पार्टीका नेताहरूलाई पार्टीमा स्वागत गरेका हुन् । सभापति थापाले सद्भावना पार्टीका नेता अनिल झालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेर अनिलकुमार झाले राष्ट्रिय सद्भावना पार्टी पुनर्गठन गरेका थिए । झा गत २१ फागुनको चुनावमा रुख चिह्नबाट चुनाव पनि उठेका थिए ।

राष्ट्रिय सद्भावना पार्टीका विभिन्न तहगत संरचनामा रहेका नेता कार्यकर्ताको नेपाली कांग्रेसमा समायोजनका लागि भने कांग्रेसका नेता अर्जुननरसिंह केसी र अनिल झा रहेको कार्यदललाई दुई साताभित्र प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको छ ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०८३ जेष्ठ १७, १७: २१

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०८३ जेष्ठ १७, १७: २१

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०८३ जेष्ठ १७, १७: २१

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...