
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका दुई वटा महत्वपूर्ण समिति र ब्युरोमा सह–संयोजक मनोनयन गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालयले जेठ १७ गते जारी गरेको प्रेस विज्ञप्ति अनुसार, सभापति थापाले संविधान संशोधन र निर्वाचन प्रयोजनका लागि गठित संयन्त्रहरूमा पदाधिकारी थप गरेका हुन् ।
संविधान संशोधन सुझाव समिति संविधान संशोधनको विषयमा आवश्यक अध्ययन गरी राय–सुझाव पेश गर्न पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठित विज्ञ सम्मिलित ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ को सह–संयोजकमा वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्कालाई मनोनयन गरिएको छ ।
त्यसैगरी, उपसभापति पुष्पा भुसालकै संयोजकत्वमा रहेको ‘प्रदेश तथा स्थानीय तह निर्वाचन केन्द्रीय नेपाली कांग्रेस निर्वाचन ब्युरो’ को सह–संयोजकमा जीवन परियारलाई मनोनयन गरिएको छ ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै सभापति थापाबाट सो मनोनयन भएको जानकारी दिएका हुन् ।

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...