
काठमाडौं । आज विश्वभर विश्व बुवाआमा दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। सन्तानको पालनपोषण, शिक्षा, संस्कार तथा उज्ज्वल भविष्य निर्माणमा आमाबुवाले पुर्याएको अतुलनीय योगदानको सम्मानस्वरूप यो दिवस मनाउने गरिन्छ।
यस अवसरमा सन्तानहरूले जन्मदाता आमाबुवाप्रति सम्मान, प्रेम र कृतज्ञता व्यक्त गर्दै उनीहरूको त्याग, समर्पण र संघर्षको स्मरण गर्ने गर्दछन्। परिवारका आधारस्तम्भ मानिने आमाबुवा सन्तानका पहिलो शिक्षक, मार्गदर्शक तथा प्रेरणाका स्रोतसमेत हुन्।
आमाबुवाको माया, संरक्षण र निरन्तर प्रेरणाले नै सन्तानलाई जीवनमा अघि बढ्न र सफलता हासिल गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले यो दिवसले पारिवारिक सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुर्याउने विश्वास गरिएको छ।
समाजमा आमाबुवाप्रतिको सम्मान, जिम्मेवारी र कृतज्ञताको भावना अभिवृद्धि गर्नु यस दिवसको मुख्य उद्देश्य हो। बुवाआमाको महत्वलाई आत्मसात् गर्दै उनीहरूप्रति आफ्नो कर्तव्य र दायित्व पूरा गर्नु प्रत्येक सन्तानको नैतिक जिम्मेवारी भएको सन्देश पनि यस दिवसले दिएको छ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग मुलुकका विभिन्न भागमा भएको विषम घटना र परिस्थितिका बारेमा जानकारी लिएका...
काठमाडौं : नेपाल पत्रकार महासंघले देशका विभिन्न स्थानमा पछिल्लो समय देखिएका प्रदर्शन र झडपप्रति गम्भीर चिन्ता व्यक्त गर्दै धार्मिक सहिष्णुता,...
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगन्ज, सिरहालगायतका क्षेत्रमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावपूर्ण अवस्थाप्रति सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील...