
नयाँ विकल्प
काठमाडाैं- सरकारले संविधान दिवसको अवसरमा ५९४ जनालाई बिभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ ।
अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगका निवर्तमान प्रमुख आयुक्त नविन कुमार घिमिरेलाई प्रशिद्द प्रवल जनसेवा श्री दितिय विभुषण प्रदान गरिएकाे छ । घिमिरे तिनै विवादीत व्यक्ति हुन जसले अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगमा बसेर शक्तिकाे चरम दुरूपयाेग गरेका थिए ।
घिमिरेले प्रधानमन्त्री निवाससँगैको बालुवाटार जग्गा प्रकरण, नेपाल आयल निगमकाे जग्गा खरिदमा भएकाे भ्रष्टार, वाइडबडी विमान खरिद प्रकरण, नेपाल ट्रष्टकाे जग्गा भाडामा दिने प्रकरण लगायत दर्जन बढी ठूला भ्रष्टाचार छानविनकाे सट्टा उल्टै ढाकछाेप गर्न प्रमुख भुमिका खेलेका थिए ।
सत्ता पक्ष, विशेष गरि प्रधानमन्त्री केपी शर्मा ओलीकाे कठपुतली बनेर कार्यकाल सकेका घिमिरे तत्कालिन प्रमुख आयुक्त लाेकमानसिंह कार्की तथा दिप बस्नेतलाइ समेत माथ दिने गरी शक्तिकाे दुरूपयाेग गरेका सर्वाधिक विवादीत ब्यक्ति हुन् । सरकारले तिनै विवादीत घिमिरेलाइ गुन तिर्न प्रशिद्द प्रवल जनसेवा श्री पदकबाट सम्मान गरेकाे हाे ।
यसबाहेक सरकारले सार्वजनिक गरेको सूचीअनुसार ४५३ जनालाई मानपदवी ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिने छ । विभूषण, अलंकार र पदक आगामी संविधान दिवसको दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण हुने छ ।
राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ ।
यसपटक नेपाल रत्न कसैलाई पनि दिइएको छैन । सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) बाट आँखाका वरिष्ठ डा. सन्दुक रुइतलाई सम्मान गरिँदै छ ।
यस वर्षको संविधान दिवसको अवसरमा सम्मानित हुनेहरुको सूचीमा १४ जना पत्रकार र दुई जना सन्चारकर्मीसमेत छन् ।
संविधान दिवसमा एक जनालाई नेपाल रत्नसहित राष्ट्र गौरव, राष्ट्रद्वीप, जनसेवाश्रीमा प्रथम, द्वितीय, तृतीय र चौथो प्रदान गरिन्छ ।
कोभिड–१९ महामारीका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने महानुभावलाई समेत समेट्नुपर्ने भएकाले ५९४ जनाको नामावली विभूषण, अलंकार र पदक पाउनेहरुको सूचीमा छ ।





















काठमाडौं : नेपाल एसिसी प्रिमियर लिग २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा लगातार तेस्रो जित निकाल्दै...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । भेटका क्रममा दुई नेताबीच कांग्रेसभित्र देखिएको...
काठमाडौं : विनाशकारी बाढीपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को...