भदौ २३/२४ को घटना पूर्वनियोजित षड्यन्त्र थियो : ओली – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

भदौ २३/२४ को घटना पूर्वनियोजित षड्यन्त्र थियो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३/२४ गते भएको घटनालाई पूर्वनियोजित षड्यन्त्र भएको दाबी गरेका छन्।

दर्ता नवीकरण तथा विस्तार–उत्प्रेरणा कार्यशाला कार्यक्रममा बोल्दै ओलीले उक्त घटनालाई कसैले आन्दोलन र कसैले क्रान्ति भन्ने गरे पनि आफूले त्यसलाई योजनाबद्ध रूपमा गरिएको षड्यन्त्रपूर्ण घटना ठान्ने बताए।

उनले घटनाको नाममा युवाहरूको हत्या भएको उल्लेख गर्दै त्यसलाई क्रान्तिको संज्ञा दिन नमिल्ने धारणा राखे। साथै, घटनाका जिम्मेवार पक्षहरूले आफ्नो भूमिका लुकाएर अरूमाथि आरोप लगाउने प्रयास गरेको आरोप समेत लगाए।

ओलीले  राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनको सारसंक्षेपमा पनि उक्त घटना पूर्वनियोजित र प्रायोजित भएको उल्लेख गरिएको दाबी गरे। उनका अनुसार आयोगको प्रतिवेदनले घटनालाई योजनाबद्ध रूपमा सञ्चालन गरिएको निष्कर्ष निकालेको छ।

उनले त्यसबेला एमाले नेतृत्वको सरकार संवैधानिक, लोकतान्त्रिक तथा जनमतका आधारमा बलियो अवस्थामा रहेको बताए। जनताबाट निर्वाचित बहुमतको सरकारलाई संवैधानिक, कानुनी तथा संसदीय प्रक्रियामार्फत हटाउने विभिन्न प्रयास असफल भएपछि वैधानिक तथा आपराधिक माध्यम प्रयोग गरेर सरकार विस्थापित गर्ने षड्यन्त्र भएको उनको भनाइ थियो।

ओलीले जनमतबाट स्थापित सरकारलाई असंवैधानिक तरिकाले कमजोर पार्ने प्रयास भएको आरोप लगाउँदै त्यसबेलाका घटनाबारे सत्य तथ्य सार्वजनिक हुनुपर्ने धारणा व्यक्त गरे।

सम्बन्धित समाचार

एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
  • २०८३ जेष्ठ २०, १४: ५८

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
  • २०८३ जेष्ठ २०, १४: ५८

चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
  • २०८३ जेष्ठ २०, १४: ५८

कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...