कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक एक हप्ता बढायो – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक एक हप्ता बढायो

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय एक हप्ता थप गरेको छ। वैशाख १ देखि जेठ २१ गतेसम्म समय दिइएकोमा बढाएर जेठ २८ गतेसम्म पुर्‍याइएको हो।

महामन्त्री प्रदीप पौडेल संयोजक रहेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बिहीबारको बैठकले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

‘पछिल्ला दिनहरूमा क्रियाशील सदस्यता अद्यावधिकको कार्य देशभरि अत्यन्त उत्साहजनक रूपमा अगाडि बढिरहेको छ। पार्टीका विभिन्न तहहरूबाट सदस्यता अद्यावधिकका लागि समय अपुग भएको जानकारी प्राप्त हुन आएकोले सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकको निर्णयानुसार क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि २०८३ जेठ २८ गते राति १२ बजेसम्म अन्तिम पटकका लागि कायम गरिएको छ,’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।

कांग्रेसले गत पुससम्म नवीकरण गरेका सदस्यहरूको थप विवरणसहित अहिले अद्यावधिक गराइरहेको हो। अहिलेसम्म करिब ४ लाख जनाले क्रियाशील सदस्यता अद्यावधिक गरेको कांग्रेसको भनाइ छ।

साथै नयाँ क्रियाशील सदस्यताका लागि अनलाइनबाट आवेदन दिन सकिने गरी खुला गरिएको पनि पार्टीले जनाएको छ।

२०७८ मा १४ औं महाधिवेशन गर्दा कांग्रेसमा ८ लाख ८२ हजार ८ सय १६ जना क्रियाशील सदस्य कायम थिए। तीमध्ये गत पुसमा करिब ६ लाखले मात्रै नवीकरण गरेका थिए।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०८३ जेष्ठ २२, ११: ३६

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०८३ जेष्ठ २२, ११: ३६

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०८३ जेष्ठ २२, ११: ३६

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...