बागमती र कोशीका ९-९ जिल्लामा रास्वपाको अधिवेशन सम्पन्न – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

बागमती र कोशीका ९-९ जिल्लामा रास्वपाको अधिवेशन सम्पन्न

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बागमती र कोशी प्रदेशअन्तर्गतका विभिन्न जिल्लाहरूमा जिल्ला अधिवेशन सम्पन्न गरेको छ ।

पार्टीका अनुसार हालसम्म बागमती प्रदेशका १३ जिल्लामध्ये ९ जिल्लामा र कोशी प्रदेशका १४ जिल्लामध्ये ९ जिल्लामा अधिवेशन सम्पन्न भई नयाँ जिल्ला कार्यसमिति चयन भएका छन् ।

निर्वाचन सम्पन्न भएका जिल्लाहरूमा चयन भएका सभापति तथा पदाधिकारीहरूलाई पार्टीले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

बागमती प्रदेशमा चयन भएका जिल्ला सभापतिहरू

काठमाडौंमा राजा शाक्य, भक्तपुरमा रामेश्वर बस्नेत, काभ्रेपलाञ्चोकमा प्रबिन ढकाल, सिन्धुलीमा अविनाश बस्नेत, रामेछापमा रमेश रायमाझी, दोलखामा दिनेश बस्नेत, नुवाकोटमा रामेश्वर गजुरेल, धादिङमा राजन अर्याल र मकवानपुरमा सन्जिव पाठक चयन भएका छन् ।

चितवन, रसुवा र ललितपुरमा आज अधिवेशन हुँदैछ भने सिन्धुपाल्चोकमा सुरु भएको अधिवेशन विविध कारणले स्थगित भएको जनाइएको छ ।

कोशी प्रदेशमा चयन भएका जिल्ला सभापतिहरू

सुनसरीमा सागर दाहाल, झापामा ओम भण्डारी, ताप्लेजुङमा राजन कुमार गुरुङ, मोरङमा भरत कडेल, तेह्रथुममा सुमन खत्री, भोजपुरमा ख्यामबहादुर भुजेल, संखुवासभामा भक्त नारायण श्रेष्ठ र ओखलढुंगामा कृष्णबहादुर थापा चयन भएका छन् ।

यसैबीच, धनकुटा, उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाममा अधिवेशन प्रक्रिया जारी रहेको रास्वपाको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०८३ जेष्ठ २४, १२: २४

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०८३ जेष्ठ २४, १२: २४

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०८३ जेष्ठ २४, १२: २४

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...