
काठमाडौं । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। दुर्घटनामा १५ जना घाइते भएका छन्।
प्रहरीका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस बुच्चाकोट क्षेत्रमा सडकबाट तल खसेर दुर्घटनामा परेको हो।
दुर्घटनापछि घाइतेहरूको उद्धार गरी उपचारका लागि नजिकका अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण र मृतक तथा घाइतेहरूको पहिचान खुल्ने क्रम जारी रहेको प्रहरीले बताएको छ।
घटनाबारे थप विवरण आउन बाँकी छ।
काठमाडौं : नेपाल अडिटर्स एसोसिएसन (अडान) ले आफ्नो २१औं स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत राहत वितरण कार्यक्रम सम्पन्न गरेको...
वीरगन्ज : जिल्ला प्रशासन कार्यालय पर्साले आज पनि वीरगन्ज महानगरपालिकाका विभिन्न चार स्थानमा निषेधाज्ञा आदेश जारी गरेको छ । प्रमुख जिल्ला...
काठमाडौँ : परराष्ट्र मन्त्रालयले पाकिस्तानस्थित ब्रड पिकमा भएको हिम पहिरोमा परेका नेपालीसहितका आरोहीको खोज तथा उद्धारका लागि पाकिस्तान सरकारसँग समन्वय...