कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकमा ६ लाख ८७ हजार, छुटेका सदस्यलाई थप समय – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकमा ६ लाख ८७ हजार, छुटेका सदस्यलाई थप समय

काठमाडौं : नेपाली कांग्रेसले १५औं महाधिवेशनलाई लक्षित गर्दै सञ्चालन गरेको क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत हालसम्म ६ लाख ८७ हजार ९३१ क्रियाशील सदस्यको विवरण डिजिटल प्रणालीमा प्रविष्ट भएको जनाएको छ।

पार्टी महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा शुक्रबार बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले अद्यावधिक अभियानको प्रगति समीक्षा गर्दै विभिन्न निर्णय सार्वजनिक गरेको हो।

समितिका अनुसार डिजिटल प्रणालीमा रहेका कुल ७ लाख ८२ हजार २०९ क्रियाशील सदस्यमध्ये जेठ २८ गते राति १२ बजेसम्म ६ लाख ८७ हजार ९३१ जनाको विवरण प्रणालीमा प्रविष्ट भइसकेको छ। तीमध्ये ५ लाख ३८ हजार ६२२ जनाले एनसीआईडी प्राप्त गरिसकेका छन् भने १ लाख ४९ हजार ३०९ जनाले स्वयं अद्यावधिक फाराम भरेर वडा तहबाट अनुमोदनको प्रक्रियामा रहेका छन्।

बैठकले वडा तहमा अनुमोदनका लागि बाँकी रहेका अनलाइन फारामहरू असार ५ गतेभित्र स्वीकृत गर्न निर्देशन दिएको छ। तोकिएको समयभित्र अनुमोदन नभएमा विधानअनुसार सदस्यता प्राप्त गर्न वा नवीकरण गर्न योग्य सदस्यहरूको विवरण केन्द्रबाट स्वतः अनुमोदन गरिने निर्णय गरिएको छ।

यस्तै, इन्टरनेट पहुँच न्यून भएका उच्च हिमाली जिल्लाहरू, केही विकट पहाडी पालिका तथा अद्यावधिक प्रक्रिया ढिला भएका बारा र खोटाङ जिल्लाका लागि सदस्यता अद्यावधिकको समय असार ७ गतेसम्म थपिएको छ। विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूका लागि भने यो अवधि असार १० गतेसम्म कायम गरिएको छ।

बैठकले नयाँ क्रियाशील सदस्यता वितरण तथा फाराम दर्ताको समय असार २० गतेसम्म कायम गर्ने निर्णय गरेको छ। साथै सदस्यता नवीकरण वा नयाँ सदस्यता वितरण गर्दा विधानबमोजिम बुझाउनुपर्ने शुल्क नतिरेका सदस्यहरूलाई तत्काल शुल्क बुझाउन सम्बन्धित तहका सभापतिहरूलाई निर्देशन दिइएको छ। शुल्क नबुझाउने सदस्यले १५औँ महाधिवेशन प्रक्रियामा सहभागी हुन नपाउने स्पष्ट गरिएको छ।

समितिले समयसीमाभित्र विभिन्न कारणले सदस्यता अद्यावधिक गर्न छुटेका सदस्यहरूलाई आफू क्रियाशील सदस्य रहेको प्रमाणसहित असार २० गतेभित्र केन्द्रीय कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था पनि गरेको छ। त्यस्तै, अद्यावधिक हुन बाँकी रहेका वडाहरूले आवश्यक समयावधि माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दिन सक्ने र समितिले आवश्यकताअनुसार थप समय उपलब्ध गराउने जनाएको छ।

बैठकले कांग्रेसको विधानअनुसार ३५ वर्षमुनिका युवालाई लक्षित गरी क्रियाशील सदस्यता वितरण अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ। साथै विषय विज्ञ (लेटरल इन्ट्री) तथा हाल विदेशमा रहेका क्रियाशील सदस्यहरूको सदस्यता नवीकरण, निरन्तरता र अद्यावधिकको व्यवस्था असार २० गतेसम्म कायम गरिएको छ।

यसैबीच, डिजिटल प्रणालीमा सदस्यहरूको नाम, ठेगाना वा अन्य व्यक्तिगत विवरणमा त्रुटि भए सच्याउन असार महिनाभर सम्बन्धित प्रदेशगत इमेलमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

सदस्यता व्यवस्थापन केन्द्रीय समितिले क्रियाशील सदस्यता अद्यावधिक र नयाँ सदस्यता वितरणको कार्यले पार्टीको १५औँ महाधिवेशनको मूल कार्यतालिका प्रभावित नहुने गरी समय व्यवस्थापनका लागि केन्द्रीय समितिमा सिफारिस गर्ने निर्णयसमेत गरेको छ।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा सदस्यता अद्यावधिक अभियान सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण पार्टी पंक्तिलाई धन्यवादसमेत व्यक्त गरिएको छ।

May be an illustration of tree and text

May be an illustration of tree and text

May be a graphic of tree and text

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०८३ जेष्ठ ३०, २०: ४७

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०८३ जेष्ठ ३०, २०: ४७

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०८३ जेष्ठ ३०, २०: ४७

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...