
सुन्दर पन्त,
मुलुकको राजनैतिक परिवर्तनलागि विभिन्न समय भद्र, सशस्त्र, शान्तिपूर्ण आन्दोलन भए गरिए । ००७ सालको राणा शासन अन्त्य र प्रजातन्त्रको स्थापना, ०४६ मा पंचायती व्यवस्थाको अन्त्य र बहुदलिय प्रजातन्त्र स्थापना, ०६२÷०६३ मा राजाको सक्रिय शासनको अन्त्य गर्दै गणतन्त्र स्थापना खातिर थुप्रै आन्दोलन भए ।
थुप्रै जनधनको क्षति भयो । परिवर्तनको लागि केही न केही घटनाहरु भए । कतिपय आन्दोलनमा राष्ट्रिय अन्तराष्ट्रिय सहयोग प्राप्त हुन्छ । आन्दोलनकारीले सहयोगको अपेक्षा राखेको हुन्छन् । ती सबै घटना परिघटना आम नागरिकलाई थाहा हुदैन ।
कतिपय विषय नेता÷कार्यकर्ताले चाल पाउँदैनन् । ती विषय राजनैतिक दल वा माथिल्लो तहका नेताले बताउन चाहँदैनन । हो ! यस्तै नवताइएको अनुत्तरित प्रश्न बारे केही प्रसंग उठान गरेको छु ।
१. २०५० जेठ ३ मा दाशढुंगामा जननेता मदन भण्डारी र जीवराज आश्रितको दुर्घटना (हत्या ?) भयो । उक्त दुर्घटनामा मदन भण्डारी र जीवराज आश्रितको निधन भयो । उक्त दुर्घटनामा चालक अमर लामा बाँचे । यस दुर्घटनाको उच्चस्तरीय छानविन आयोग गठन भयो । प्रतिवेदन सरकार सामु बुझाइयो ।
छानबीन आयोगले दिएको प्रतिवेदनप्रति तात्कालिन नेकपा एमालेका नेता÷कार्यकर्ताले पत्याएनन । नेकपा एमाले प्रतिपक्षमा रहँदा हामी सरकारमा पुगेपछि यसको पुनः छानबीन गरेर कार्वाही गर्छौ भनेर ठुलाे स्वरले कराऊँछन् । हाल मुलुकको राष्ट्रपतिमा विद्या भण्डारी हुनुहन्छ ।
उहाँ स्व. मदन भण्डारीको धर्मपत्नी हुनुहन्छ । अझ ६/६ पटकभन्दा बढी वामपंथीहरु सरकारमा गएर पनि आजसम्म न छानबीन समिति बन्यो ? न हत्यारा पत्ता लगाउन नै सक्यो ? यो हत्या काण्ड हो कि दुर्घटना हो आजसम्म यो अनुत्तरित प्रश्न रहिरह्यो ।
२. नेकपा माओवादी र नेपाली कांग्रेससहित सात राजनैतिक दलले भारतमा भएको ऐतिहासिक १२ बुंदे समझदारी गराउन भारतीय पक्षबाट क–कसको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता रहेको थियो ? त्यसबारे आजसम्म ठोस जवाफ पाउन सकिएको छैन ?
३. ०५८ जेठ १९ मा राजदरवार हत्याकाण्ड भयो । राजा बीरेन्द्र, रानी ऐश्वर्य, युवराज, युवराज्ञीसहित दर्जनौ मानिस मारिए । राजा र राजपरिवारको सुरक्षामा खटिएका सुरक्षाकर्मीकै उपस्थितिमा दरवार हत्या काण्ड हुनु आफैमा रहस्यमय छदैछ ।
राजदरवार हत्याकाण्ड पश्चात तत्कालीन सभामुख तारानाथ रानाभाटको संयोजकमा छानविन समिति वन्यो । सो समितिले निकै मेहनत गरेर सरकारलाई प्रतिवेदन बुझायो । प्रतिवेदनले युवराज दीपेन्द्र लाई दोषी ठहराइयो ।
घटना पश्चात जिवित प्रत्यक्षदर्शी पात्रको वयान, भनाई र रानाभाट प्रतिवेदनमा एकमत देखिए पनि आम जनमानस त्यो प्रतिवेदन पत्याउन तयार छैनन् । यो हत्याकाण्ड दरवारकै एउटा पक्ष र विदेशी शक्तिको हात छ भन्ने मत त्यतीबेला पनि सुनिएकै हो ।
यो विरोधाभास कुरालाई हालसम्म आमजनमानस विश्वास गर्न तयार छैन । यसबारे थुप्रै अनुत्तरित प्रश्नहरु ज्यूँका त्युँ छदैछ ।
४. ०६२÷६३ को जनआन्दोलन सफल भएपछि मुलुकमा गणतन्त्र ०६४ जेठ १५ गते प्रतिनिधिसभामार्फत घोषणा गरियो । गणतन्त्र घोषणा हुनुपूर्व र पश्चात तत्कालीन राजा ज्ञानेन्द्र र राजनैतिक दलका शीर्ष नेताबीच के कस्तो सम्झौता भएको थियो ? वा थिएन ? त्यो आजसम्म बाहिर आउन सकेको छैन ? केही सम्झौता भएकै हो कि वा हल्ला मात्र हो ? गाँठी कुरा के हो ?
५. पहिलो संविधानसभाले संविधान निर्माण गर्न सकेन । त्यसपछि एकाएक सर्वोच्च अदालतका प्रधान न्यायाधीश खिलराज रेग्मीलाई मन्त्रिपरिषदको अध्यक्ष बनाइयो । कसरी बन्नु भयो ? कसरी सबै दलहरुले सहर्ष स्वीकार गरे ?
कुन शक्तिको आडमा उहाँ प्रधानन्यायाधीश र मन्त्रीपरिषदको अध्यक्ष बन्नु भयो ? सजिलै सबैले किन स्वीकार गरे ? उहाँको कार्यदिशा दोस्रो संविधान सभाको निर्वाचन गराउनु थियो, सजिलै गराउनु भयो । एकाएक प्रधानन्यायाधीश रेग्मीलाई मन्त्रिपरिषदको अध्यक्ष वनाउने अदृश्य शक्ति कनु हो ?
यसमा कसको प्रत्यक्ष संलग्नता रहेको छ ? यो प्रश्न आज सम्म अनुत्तरित नै छ, आम जनमानसमा ।
६. ०५२ देखि २०६२ सम्म नेपालमा भएको दश वर्षे जनयुद्ध नेकपा माओवादीका शीर्ष नेता कार्यकर्तालाई भारतीय भूमिमा सेल्टर दिइएको थियो भनिन्छ । सत्तारुढ दल वा अन्य कुन कुन भारतीय नेता वा राजनैतिक दलको संरक्षण थियो ? हतियार र सैन्य तालिम र आर्थिक सहयोग समेत दिइएको कुरा व्यापक आएको थियो ? यदि सहयोग गरेको हो भने कसले ? कुन दलले ?
७. गंगामाया अधिकारी यस्तो नाम हो, जसले नेपालमा आफ्नो छोराको हत्यारालाई कार्वाही गर्न वर्षौसम्म भोक हडतालमा बसेकी छिन् । दुबै पती पत्नी नै आमरण अनशन थिए । अनशन कै दौरानमा पति नन्दप्रसाद अधिकारीको मृत्यु भैसकेको छ । हालसम्म उनको दाहसंस्कार गरिएको छैन् ।
उनको शव अहिले पनि महाराजगंजस्थित टिचिङ्ग अस्पतालको शवगृहमा राखिएको छ । यति लामो समयसम्म आमरण अनशन बस्न प्रेरित गर्ने अधिकारकर्मी वा व्यक्ति को हुन ? को को, क–कसको संलग्नता छ ? वा गंगामाया र नन्दप्रसादलाई उकास्नेहरुको भेष्टेड इन्ट्रेष्ट के हुन सक्ला ?
८. दासढुंगा दुर्घटनाका जीवित साक्षी ड्राइभर अमर लामालाई गोली हानेर हत्या गरियो । उनी त्यतीबेला नेकपा कै संगठित सदस्य थिए । पछि उनी जेलबाट निस्केपछि नेपाली कांग्रेसको सदस्य भए । दुर्घटना भएको दशकांैपछि लामालाई हत्या गर्नुको कारण के हुनसक्छ ?
कतै दाशढुंगाको जीवित साक्षीलाई हत्या गरेर अपराधलाई ढाकछोप गर्न लागेको त हैन ? या लामाले कुनै न कुनै दिन बक्छन भनेर हत्या गरिएको त हैन ? हुन त अमर लामा जीवित हुँदा त जवाफ पाउन सकिएन । तर उनको हत्याले भने झनै बढी आशंका जन्मायो । कि हैन ?
९. ०६२/६३ को जनआन्दोलनपछि ०६४ चैत्र २८ मा संविधानसभाको निर्वाचन र ०६५ जेठ १५ मा गणतन्त्र घोषणा भयो । गणतन्त्र पश्चात गिरीजाप्रसाद कोइराला राष्ट्रपति र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बन्ने गोप्य सहमति भएको सुनियो बुझियो ।
आमनागरिकले यही बुझे । देशमा सक्रिय सबै राजनैतिक दलहरु पनि सहमत थिए । तर संविधानसभाको निर्वाचनको परिणामपछि कोइरालालाई राष्ट्रपति बनाइएन । उल्टै उहाँलाई मानमर्दन गरियो । अन्ततः कांग्रेसले कल्पना नै नगरेको प्राथमिकतामा नै नभएका नेता डा. रामवरण यादव राष्ट्रपति निर्वाचित हुनुभयो ।
प्रधानमन्त्री त स्वयम् पुष्पकमल दाहाल हुनुहुन्थ्यो नै । यहाँ यक्ष प्रश्न गिरिजाप्रसाद कोइराला राष्ट्रपति किन हुन सक्नु भएन ? किन दलहरु एका एक अर्को बाटो तर्फ लागे ? प्रमुख दलका शीर्ष नेताहरु कोइराला अव राष्ट्रपति हुन सक्नु हुन्न सबैले बुझे ।
तर जनताले गुह्य कुरा आज सम्म बुझेका छैनन् ? यसको जवाफ कैले पाउने ? तर पनि पछिल्लो समय पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मैले गिरिजा बाबुलाई राष्ट्रपति नबनाएर ठुलो गल्ती गरे भनेर आत्मालोचना चाहि गर्नु भएको छ है !
१०. तराईको राष्ट्रवादी नेता गजेन्द्रनारायण सिंह, रामराजाप्रसाद सिंह लगायतका केही नेताहरु आजसम्म पनि पूजनीय हुनुहन्छ । उहाँहरुले तराईका जनताको उत्थान र उन्नतिमा अहोरात्र खटिनु भयो ।
तर पछिल्लो समय तराई केन्द्रित मधेशी दलहरु तराईको जनताको लागि भनेर ठुलो नारा दिएर भोट माग्छन, पहाडे समुदाय विरुद्ध उस्काउछन र चुनाव जित्छन, अनि काठमाडौ छिरे पछि त्यही पहाडेको नेताको पुच्छर समातेर पद हसुर्छन ।
पद पाउने दंग पर्छन । पद नपाउने आफ्नै नेताविरुद्ध गाली गलौज र पार्टी फुटाउने सम्मको काम गर्छन । ती तराई केन्द्रित दलहरुलाई फुटाउने जुटाउने काम भइरहेको हुन्छ । त्यस्तै देखिन्छ पनि । के साँच्चै त्यही हो त ?
११. नेपाल कम्युनिस्ट पार्टी एमाले फुटेर नेकपा (माले) बन्ने, नेपाली कांग्रेस फुटेर नेपाली कांग्रेस (प्रजातान्त्रिक), राप्रपाफुटेर तीन–तीन वटा पार्टी, नेकपा माओवादी फुटेर वैद्य, जनशक्ति या विप्लव, जस्ता समुहका पार्टी निर्माण हुनुका पछाडि देशी विदेशी कुन शक्तिको हात होला ?
तराई केन्द्रित दलहरु सद्भावना, तमलोपा, फÞोरम, संघीय समाजवादी, राष्ट्रिय जनता पार्टी एकै झड्कामा जुट्ने टुट्ने गर्छन । यसको उत्तर आजसम्म प्रष्ट पाउन सकिएको छैन् । तर नेताहरु आजसम्म पनि संगै रहँदा केही नभन्ने फुटेपछि एक अर्कालाई आरोप प्रत्यारोप भने गरि नै रहन्छन ।
यो किन होला ? यो प्रश्नको उत्तर पनि ठोस ढंगबाट पाउन सकिएको छैन ?
१२. अझ भनौ संविधान सभामा २०७२ असोज ३ गते नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवबाट नेपालको संविधान जारी भयो । सुनिन्छ, यो संविधान तत्कालीन अवस्थामा जारी गर्ने पक्षमा उहाँ हुनु हुन्थेन ।
उक्त संविधान जारी नगर्नु भनेर विदेशी शक्तिको निकै दवावको वावजुद पनि तत्कालीन प्रधानमन्त्री शुसील कोइरालाको आँट र नेपाली जनताको भरोसाको कारण जारी भयो । यो संविधान तराई केन्द्रित दलहरुले विरोध जनाए ।
यसरी नेपालको सार्वभौमिकता माथि नै बेला बेला हस्तक्षेप गर्ने शक्ति को होला ? अझै क्याविनेटको सूचना पु¥याउने वा सर्वदलीय बैठकको निर्णय लैनचौर, वालुवाटार र महाराजगंजस्थित दूतावासमा पुर्याउने को को होला यसको प्रश्न अझै अनुत्तरित नै छ ?
यसरी मुलुकमा २०१७ को दल माथिको प्रतिबन्धमा राजाको स्वार्थमा भारतीय पक्षको सहयोग, ०१७ पछि राजा महेन्द्रले कम्युनिस्टलाई कांग्रेस विरुद्ध प्रयोग गर्ने, ऐतिहासिक पुरातात्विक मु्र्ति हराउने वा चोर्ने की मुर्ति बिदेशका म्युजियममा देखिने, नमिता– सुनिता काण्ड, जस्ता यस्तै घटना बारे सत्य आउन नसक्नुको कारण के हुन सक्ला ?
सरकार वा नागरिक समाजले गठन गरेका विभिन्न छानविन समिति आयोगमा रहनु हुने व्यक्तिगरुको आँट भरोसा इच्छाशक्ति, विज्ञता नभएर वा क्षमता नभएर हो ? यस्ताप्रश्नहरु सधै अनुत्तरित नै छ ।
(लेखक पन्त नेपाल शिक्षक संघका उपमहासचिव हुन्)
संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...
काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...
काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...