वेवारिसे अवस्थाका ८ शव बारे प्रहरी अनुसन्धान जारी – Naya Bikalpa
September 17, 2026, Thursday      Epaper

वेवारिसे अवस्थाका ८ शव बारे प्रहरी अनुसन्धान जारी

नयाँ विकल्प

काठमाडाैं-देशका विभिन्न स्थानबाट नेपाल प्रहरीले आइतबार ८ जनाकाे वेवारिसे अवस्थाकाे शव फेला परेकाे प्रहरीले जनाएकाे छ । प्रहरी मुख्यालयका अनुसार सुनसरी, देवानगंज गाउँपालिका-३ स्थित राजारानी थान मरिया खोलामा सोही ठाउँस्थित मामा घरमा बस्दै आएका दुहवी नगरपालिका-८ सोनापुर घर भएका २४ वर्षीय सन्तोष मण्डल आइतबार मृत अवस्थामा फेला परेका छन् ।

बिश्वकर्मा पुजा सकेर मूर्ति सेलाउन गएका उनी हराई बेपत्ता भएपछि खोजी गर्ने क्रममा उक्त खोलामा उनको शव फेला परेको हो ।

झापा कन्काई नगरपालिका-८ समाबेशी टोलस्थित नालीमा सोही नगरपालिका-९ बस्ने ४८ वर्षीय बिमल कर्ण आइतबार मृत अवस्थामा फेला परेका छन् ।  यसैगरी शिवसताक्षी नगरपालिका-३ कमलखोलाको पुल मुनी हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

पर्सा, छिपहरमाई गाउँपालिका-४ बन्जारी चोकस्थित नहरमा भारत बिहार बस्ने ९५ वर्षीय गोकुल हजरा आइतबार मृत अवस्थामा फेला परेका छन् । शनिबार साँझ घरबाट हिँडेका उनी नफर्किएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।

ललितपुर, ललितपुर महानगरपालिका-१० कुपण्डोल ज्वागल बस्ने ६० वर्षीय योगेन्द्र राई आफ्नै घरको शौचालयमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

 ईलाम, सूर्योदय नगरपालिका-१० याङस्थित सडकमा सोही स्थान बस्ने ६६ वर्षीय टेक बहादुर दर्जी शनिबार मृत अवस्थामा फेला परेका छन् । विगत एक महिना अगाडिदेखि घर छोडेर हिँडेका टेक बहादुरको खोजी गर्ने क्रममा उक्त ठाउँमा शव फेला परेको हो । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ । 

 सुनसरी, हरिनगरा गाउँपालिका-४ बस्ने २२ वर्षीय सुशिल मेहताको सोही ठाउँस्थित मारिया खोला तर्ने क्रममा डुबेर आइतबार मृत्यु भएको छ ।  

 रुपन्देही, सिद्धार्थनगर नगरपालिका-१० दोदगहरी बस्ने झिम्की कुर्मीको १० वर्षीय छोरा सुग्रिम कुर्मीको घरबाट करिब ४ सय मिटर टाढा बन्दै गरेको घरको सेप्टी ट्याङ्कीभित्रको पानीमा डुबेर आइतबार मृत्यु भएको छ । शनिबारदेखि हराएका उनको खोजी गर्ने क्रममा उक्त ट्याङ्कीमा शव फेला परेको हो ।

धनकुटा, महालक्ष्मी नगरपालिका-२ चोक्टयाङ् झरनाटोल बस्ने खेमलाल चाम्लिङकी ३ वर्षीया छोरी प्रिन्सिका चाम्लिङ्को घरकै छेउमा रहेको पानी बग्ने कुलोले बगाउँदा मृत्यु भएको छ । शनिबार दिउँसो बगाएर बेपत्ता भएकी प्रिन्सिका आइतबार घरबाट करिब ८ सय मिटर टाढा मृत अवस्थामा फेला परेकी हुन् ।            

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ । 

सम्बन्धित समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
  • २०७७ आश्विन ४, १८: ०१

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो २ बजे...

कृष्णभीरमा बाटो खुल्यो
कृष्णभीरमा बाटो खुल्यो
  • २०७७ आश्विन ४, १८: ०१

काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको...

अर्थमन्त्री वाग्ले आज भारत भ्रमणमा जाँदै, सीतारमण र जयशंकरसँग भेटवार्ता हुने
अर्थमन्त्री वाग्ले आज भारत भ्रमणमा जाँदै, सीतारमण र जयशंकरसँग भेटवार्ता हुने
  • २०७७ आश्विन ४, १८: ०१

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा आज तीनदिने भारत भ्रमणमा जाँदैछन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत...