राजनीतिशास्त्री कृष्ण खनालको सुझावः प्रदेश सरकार तत्काल खारेज गरौ – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

राजनीतिशास्त्री कृष्ण खनालको सुझावः प्रदेश सरकार तत्काल खारेज गरौ


नयाँ विकल्प,

काठमाडौँ–राजनीतिक विश्लेषक प्रा. कृष्ण खनालले प्रदेश संरचना तत्काल खारेज गर्न सुझाव दिएका छन् । प्रदेश सरकार र त्यसका संरचनाहरू अनावश्यक बोझको रुपमा रहेको देखिएकाले दलहरुले खारेज गर्न सक्नु पर्ने सुझाव दिएका हुन् ।

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन डिएलएले संविधान दिवसको अवसर पारेर आयोजना गरेको ‘संविधान कार्यान्वयनका पाँच बर्षः सफलता तथा चुनौतीहरु विषयक भर्चुअल कार्यक्रम’ उनले अब पनि राजनीतिक दलले जनतालाई झुलाईरहन नहुने र प्रदेश संरचना खारेज गर्नु पर्नेमा जोड दिएका थिए ।

प्रदेश संरचना बारे राजनीतिक दृष्टिकोण स्पष्ट नभएको र केही व्यक्ति तथा राजनीतिज्ञले लाभ लिएपनि आम नागरिकलाई केही नभएको उनको टिप्पणी थियो ।
संघीय संविधानको कार्यान्वयनमा तीन तहको भूमिका विषयमा संविधान अनुसार सबै तह तथा संवैधानिक संस्थाहरु औपचारिक रुपमा उपलब्ध भएपनि स्थानीय, प्रदेश र केन्द्रका बीच समन्वयको अभाव रहेको प्रा. खनालको ठहर छ ।

कार्यक्रममा बरिष्ठ अधिबक्ता सुर्य ढुंगेलले संविधान कार्यान्वयनमा विपक्षी दलको भूमिका पनि धेरै हुने भएकाले विपक्षी दल सधै जनताप्रति संवेदनशील र उत्तरदायी हुनुपर्नेमा जोड दिएका थिए।

उनले संविधानको धारा २, ५६, ५७ तथा अनुसूची ५ देखि ९ सम्म प्रकाश पारी वर्तमान सरकारबाट भएका गलत काम कारवाही, नियुक्तिहरुको सन्दर्भमा अहिलेको विपक्षी दलले सशक्त भूमिका निर्वाह गर्न नसकेको दावी गरे ।

डिएलए नेपालका अध्यक्ष योगेन्द्र बहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममानेपाली कांग्रेसका केन्द्रिय सदस्य डा शेखर कोइराला, पूर्वमन्त्री एवंकांग्रेस केन्द्रीय सदस्य रमेश लेखक, कांग्रेस सचेतक वरिष्ठ अधिवक्ता पुष्पा भुषाल, पूर्व मन्त्री राजेन्द्र केसी ‘राजन’ले पनि संविधान र काँग्रेसको भूमिकाका बारेमा धारणा राखेका थिए ।

स्वतन्त्र र सक्षम न्याय प्रणाली स्थापना गर्न एकतन्त्रीयअधिनायकवादी विचार, व्यवस्था र प्रवृत्तिका विरुद्ध कानून व्यवसायीहरुलाई संगठित गरी विधिको शासन तथा लोकतान्त्रिक प्रणालीको स्थापनामा भूमिका खेल्दै आएको डिएलए महासचिव लक्ष्मीदेवी दाहालले जानकारी दिइन् ।

संघीय लोकतान्त्रिक संविधान लागू भएपश्चात तिनै तहको निर्वाचन भई संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किला पार गरिसकेको अवस्थामा नेकपा नेतृत्वमा रहेको केन्द्रिय सरकार, प्रदेश सरकार तथा स्थानिय तहको संचालन र ब्यवस्थापनको सन्दर्भमा भएका काम कार्वाहीहरुले संविधानको सफल कार्यान्वयनमा चुनौतीहरु देखिएको उनले बताइन् ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७७ आश्विन ५, ०९: २६

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०७७ आश्विन ५, ०९: २६

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७७ आश्विन ५, ०९: २६

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...