नेवीसंघकी पहिलो महिला अध्यक्ष करुणालाई गृह जिल्ला धनकुटामा स्वागत – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

नेवीसंघकी पहिलो महिला अध्यक्ष करुणालाई गृह जिल्ला धनकुटामा स्वागत

धनकुटा  : नेपाल विद्यार्थी संघ (नेविसंघ)की केन्द्रीय अध्यक्ष करुणा कटुवाललाई आज नेपाली कांग्रेस धनकुटा जिल्ला पार्टी कार्यालयमा भव्य स्वागत गरिएको छ। स्वागत ग्रहण गर्दै नेवीसंघकी केन्द्रीय अध्यक्ष करुणा कटुवालले नेपाल विद्यार्थी संघ विद्यार्थीहरूको हक अधिकार पक्षमा र लोकतान्त्रिक गणतन्त्रको पक्षमा अझ बढी सशक्तका साथ क्रियाशील हुने बताइन्। उनी नेवीसंघको इतिहासमा पहिलो महिला अध्यक्ष पनि हुन् ।

नेवीसंघको अध्यक्षमा नियुक्ति भई जिम्मेवारी सम्हालेपछि पहिलोपटक गृह जिल्ला धनकुटा आएकी कटुवाललाई आज नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय धनकुटामा नेपाली कांग्रेस धनकुटाका पार्टीका नेता तथा नेवी संघ धनकुटाका नेताहरुले भव्य स्वागत गरी बधाई ज्ञापन गर्दै सफल र लोकप्रिय कार्यकालका लागि शुभकामना दिएका छन्।

गृह जिल्ला धनकुटामा अध्यक्ष भएर पहिलोपटक आउने क्रममा पार्टी कार्यालयमा आएकी लोकप्रिय विद्यार्थी नेता तथा नेवीसंघकी अध्यक्ष करुणा कटुवाललाई नेपाल विद्यार्थी संघ धनकुटा बहुमुखी क्याम्पसका पूर्व सभापति एवं नेपाली कांग्रेसका धनकुटा जिल्ला सचिव राईले खादामाला लगाइदिएर स्वागत गर्दै नेपाल विद्यार्थी संघको इतिहासमा धनकुटाका विद्यार्थी नेता कटुवालले नयाँ इतिहास रचन सफल भएको उल्लेख गर्दै सफल र लोकप्रिय कार्यकालको शुभकामना दिएका थिए ।

सो अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ ,नेपाल किसान संघका धनकुटा अध्यक्ष दिलकुमार राई ,नेपाल महिला संघ धनकुटाका सहसचिव जानुका सुन्दास, नेपाल दलित संघ धनकुटा नगरका अध्यक्ष दुर्गासिवा ,नेपाली कांग्रेस ५ नम्बर वडाका उपसभापति गोविन्द राई ,नेपाल विद्यार्थी संघ धनकुटा बबी क्याम्पसका कार्यवाहक सभापति रञ्जन कार्की ,सचिव दय मिलन बुढाथोकी ,सौरभ रिमाल कोषाध्यक्ष अस्मिता बुढाथोकी, सहसचिव भुवन कार्की सदस्यहरू सर्जु बस्नेत, सीता कार्की लगायत का विद्यार्थी नेताहरूले नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष करुणा कटुवाललाई खादामाला लगाई दिएर स्वागत गर्दै बधाई ज्ञापन गरी नेपाल विद्यार्थी संघलाई सर्वाधिक शक्तिशाली र ठूलो संगठनको रुपमा स्थापित गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए।

नेपाल विद्यार्थी संघकी अध्यक्ष कटुवाल आजै गृह जिल्ला धनकुटा आएकी हुन्।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०८३ असार ९, १६: ०६

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०८३ असार ९, १६: ०६

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०८३ असार ९, १६: ०६

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...