
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिकीकरण नगरी प्रभावकारी सेवा प्रवाह सम्भव नहुने बताएका छन्।
हुलाक सेवाको आधुनिकीकरण सम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले सरकारले हुलाकमार्फत सबै प्रकारका कागजात तथा पार्सल समयमै गन्तव्यमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
उनले हुलाक सेवा विभाग तथा निजी सेवा प्रदायकसँग सहकार्य गर्दै सेवामा देखिएका समस्याको समाधानका लागि सरकार सक्रिय रूपमा अघि बढिरहेको जानकारी दिए।
मन्त्री तिमिल्सिनाले नागरिकको बदलिँदो सोच, समयको महत्व र अपेक्षाअनुसार डेलिभरी प्रणालीलाई पुनः डिजाइन गरेर सेवा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए। उनका अनुसार हुलाक सेवालाई आधुनिक, सबल र प्रभावकारी बनाउनुका साथै सेवा प्रवाहमा लाग्ने समय घटाउन सके मात्र यसलाई प्रतिस्पर्धी र लोकप्रिय सेवा प्रदायकका रूपमा स्थापित गर्न सकिन्छ।
उनले परम्परागत ढाँचामा सीमित रहेर हुलाक सेवा दीर्घकालीन रूपमा टिक्न नसक्ने उल्लेख गर्दै समयानुकूल रूपान्तरण अपरिहार्य भएको बताए। साथै, सेवा सुधारका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै व्यावहारिक समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग मुलुकका विभिन्न भागमा भएको विषम घटना र परिस्थितिका बारेमा जानकारी लिएका...
काठमाडौं : नेपाल पत्रकार महासंघले देशका विभिन्न स्थानमा पछिल्लो समय देखिएका प्रदर्शन र झडपप्रति गम्भीर चिन्ता व्यक्त गर्दै धार्मिक सहिष्णुता,...
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगन्ज, सिरहालगायतका क्षेत्रमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावपूर्ण अवस्थाप्रति सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील...