राष्ट्रियसभा बैठक आज बस्दै, मन्त्रीहरूको जवाफ र लैङ्गिक हिंसाविरुद्ध सङ्कल्प प्रस्ताव पेश हुने – Naya Bikalpa
August 11, 2026, Tuesday      Epaper

राष्ट्रियसभा बैठक आज बस्दै, मन्त्रीहरूको जवाफ र लैङ्गिक हिंसाविरुद्ध सङ्कल्प प्रस्ताव पेश हुने

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बुधबार दिउँसो १:१५ बजे सिंहदरबारमा बस्ने भएको छ ।

बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको जानकारी गराउने कार्यसूची रहेको छ ।

त्यसैगरी, परराष्ट्र मन्त्री शिशिर खनाल तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले आफ्ना मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ दिनेछन् ।

यस्तै, राष्ट्रियसभा सदस्य रेनु चन्दले प्रविधिको प्रयोगमार्फत हुने लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण तथा महिलाको हक संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानुनी र संस्थागत व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने विषयमा सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा बैठक आज बस्दै, खानी तथा खनिज पदार्थ विधेयकमाथि छलफल हुने
प्रतिनिधिसभा बैठक आज बस्दै, खानी तथा खनिज पदार्थ विधेयकमाथि छलफल हुने
  • २०८३ असार १७, ०८: ५९

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठक दिउँसो १ बजेबाट सुरु हुनेछ। आजको बैठकमा...

यी स्थानमा आज भारी वर्षाको सम्भावना
यी स्थानमा आज भारी वर्षाको सम्भावना
  • २०८३ असार १७, ०८: ५९

काठमाडौं : आज दिउँसो देशका अधिकांश हिमाली तथा पहाडी भू–भागमा बदली रहने मौसम पूर्वानुमान गरिएको छ । जल तथा मौसम...

नुवाकोट कांग्रेस सभापति महतले नेता डा. महतलाई साक्षी राखेर पार्टी एक गराउन गरे आग्रह
नुवाकोट कांग्रेस सभापति महतले नेता डा. महतलाई साक्षी राखेर पार्टी एक गराउन गरे आग्रह
  • २०८३ असार १७, ०८: ५९

काठमाडौं : नेपाली कांग्रेसभित्र देखिएको विवादलाई साम्य पार्न पार्टीका नेता तथा शुभचिन्तकहरू लागिपरेका देखिन्छन्। विभिन्न अनौपचारिक भेला तथा कार्यक्रमहरू निरन्तर...