राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनपछि नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ – Naya Bikalpa
July 4, 2026, Saturday      Epaper

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनपछि नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ ग्रहण गरेका छन् । बुधबार चमतीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ गराएका हुन् ।

शपथ समारोहमा सभापति लामिछानेले केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्रसहित ‘घण्टी’ चिन्ह उपहार प्रदान गरेका थिए । केन्द्रीय सदस्यको शपथपछि पदाधिकारीहरूले पनि शपथ ग्रहण गरेका हुन् ।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न भएको थियो । महाधिवेशनबाट सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्रीसहित ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरिएको थियो । सभापतिमा निर्वाचित लामिछानेले यसअघि नै शपथ लिइसकेका छन् ।

केन्द्रीय समितिमा खुला तथा समावेशीतर्फ ३३, खस/आर्यतर्फ १०, आदिवासी/जनजातितर्फ नौ, थारुतर्फ दुई, मधेसीतर्फ पाँच, दलिततर्फ चार तथा मुस्लिमतर्फ दुई सदस्य निर्वाचित भएका छन् । साथै सातै प्रदेशबाट पाँच/पाँच जनाका दरले ३५ जना प्रादेशिक समूहबाट चयन भएका छन् ।

खुलातर्फ डा स्वर्णिम वाग्ले, सोविता गौतम, शिशिर खनाल, सागर ढकाल, डा तोसिमा कार्कीलगायत निर्वाचित भएका छन् । यस्तै खस/आर्य, आदिवासी/जनजाति, मधेसी, दलित, मुस्लिम तथा प्रादेशिक समूहबाट पनि विभिन्न प्रतिनिधिहरू केन्द्रीय समितिमा चयन भएका छन् ।

महाधिवेशनबाट सभापतिमा रवि लामिछाने र उपसभापति (खुला) मा डा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका थिए । उपसभापति (महिला) मा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य तथा सहमहामन्त्रीमा असिम शाह, हरि ढकाल र निशा डाँगी निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार

सरकारले गर्‍यो सयदिने उपलब्धि सार्वजनिक (पूर्णपाठ)
सरकारले गर्‍यो सयदिने उपलब्धि सार्वजनिक (पूर्णपाठ)
  • २०८३ असार १७, १४: ४४

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाह नेतृत्वको सरकारले आज सय दिने उपलब्धि सार्वजनिक गरेको छ ।...

बागमती सरकारको आ.व. २०८३/०८४ को बजेट पास
बागमती सरकारको आ.व. २०८३/०८४ को बजेट पास
  • २०८३ असार १७, १४: ४४

हेटौँडा : बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट प्रदेशसभाबाट बहुमतले...

कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजी जारी
कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजी जारी
  • २०८३ असार १७, १४: ४४

काठमाडौं : कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजी गर्न सोनार क्यामरा र म्याग्नेटसहितको टोली पठाइएको छ। दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७...