काठमाडौँ महानगरको २५ अर्ब ८८ करोडभन्दा बढीको बजेट सर्वसम्मत पारित – Naya Bikalpa
July 4, 2026, Saturday      Epaper

काठमाडौँ महानगरको २५ अर्ब ८८ करोडभन्दा बढीको बजेट सर्वसम्मत पारित

काठमाडौँकाठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत ‘कार्यक्रम तथा बजेट’, ‘आर्थिक विधेयक’ र ‘विनियोजन विधेयक’ नगर सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ ।

असार ४ गते सुरु भएको नगर सभा–१९ को चौथो बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले पेश गरेको २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम राष्ट्रिय सभा गृहमा आज बसेको बैठकबाट सर्वसम्मत रूपमा अनुमोदन गरिएको हो ।

पारित बजेटमध्ये २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ सञ्चित कोषमार्फत व्ययभार हुने तथा ७५ करोड रुपैयाँ बाह्य व्ययभारतर्फ विनियोजन गरिएको महानगरपालिकाले जनाएको छ ।

बैठकमा प्राप्त संशोधन प्रस्ताव र सुझावलाई समेट्दै सभाका अध्यक्षले निर्णयका लागि प्रस्तुत गरेको प्रस्ताव नगर सभा सदस्यहरूले सर्वसम्मत रूपमा पारित गरेका हुन् ।

यसैबीच, विधायन समितिका संयोजक तथा वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जनले विभिन्न ऐन संशोधनसम्बन्धी प्रस्ताव सभामा पेश गरेका छन् । उनले ‘जनस्वास्थ्य ऐन २०८० को पहिलो संशोधन २०८३’, ‘शिक्षा ऐन २०७५ को दोस्रो संशोधन २०८३’, ‘विवाद निरुपण (कार्यविधि) ऐन २०७५ को पहिलो संशोधन २०८३’, ‘विपद् व्यवस्थापन ऐन २०७७ को पहिलो संशोधन २०८३’ तथा ‘कर्मचारी सेवा ऐन २०७७ को चौथो संशोधन २०८३’ पेश गरेका हुन् ।

उक्त ऐन संशोधन प्रस्ताव तथा अन्य विषयमाथि थप छलफल गर्न नगर सभाको पाँचौँ बैठक असार २३ गते मंगलबार दिउँसो ३ बजे बस्ने महानगरपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार

सरकारले गर्‍यो सयदिने उपलब्धि सार्वजनिक (पूर्णपाठ)
सरकारले गर्‍यो सयदिने उपलब्धि सार्वजनिक (पूर्णपाठ)
  • २०८३ असार १८, ०८: ५२

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाह नेतृत्वको सरकारले आज सय दिने उपलब्धि सार्वजनिक गरेको छ ।...

बागमती सरकारको आ.व. २०८३/०८४ को बजेट पास
बागमती सरकारको आ.व. २०८३/०८४ को बजेट पास
  • २०८३ असार १८, ०८: ५२

हेटौँडा : बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट प्रदेशसभाबाट बहुमतले...

कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजी जारी
कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजी जारी
  • २०८३ असार १८, ०८: ५२

काठमाडौं : कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजी गर्न सोनार क्यामरा र म्याग्नेटसहितको टोली पठाइएको छ। दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७...