सम्पत्ति शुद्धीकरण कानुन राजनीतिक हतियार बन्नुहुँदैन : अर्थमन्त्री वाग्ले – Naya Bikalpa
July 4, 2026, Saturday      Epaper

सम्पत्ति शुद्धीकरण कानुन राजनीतिक हतियार बन्नुहुँदैन : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन र संयन्त्रलाई राजनीतिक उद्देश्य पूरा गर्ने माध्यमका रूपमा प्रयोग गर्न नहुने बताएका छन्। उनले यस्तो विषयको दुरुपयोग भए नेपाललाई अन्तर्राष्ट्रिय ‘ग्रे लिस्ट’बाट बाहिरिन कठिन हुने चेतावनी दिएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री वाग्लेले नेपालका सम्पत्ति शुद्धीकरण नियन्त्रणसम्बन्धी गतिविधिमाथि अन्तर्राष्ट्रिय स्तरमा कडा निगरानी भइरहेको उल्लेख गरे। उनले कानुनलाई राजनीतिक प्रतिशोध वा दबाबको साधन बनाउँदा देशको विश्वसनीयतामा असर पर्ने बताए।

उनले भने, “सम्पत्ति शुद्धीकरणजस्तो संवेदनशील विषयलाई राजनीतिक अभीष्ट पूरा गर्ने माध्यम बनाइयो भने नेपाल ग्रे लिस्टबाट बाहिरिन सक्दैन। त्यसैले यसलाई राजनीतिक हतियारका रूपमा प्रयोग गर्नुहुँदैन।”

मन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरण विभागको संरचनाबारे फैलिएको भ्रमसमेत स्पष्ट पारे। उनका अनुसार उक्त विभाग अख्तियार दुरुपयोग अनुसन्धान आयोगअन्तर्गत नभई अर्थ मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेको छ। यसअघि विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहँदा व्यापक रूपमा उजुरी सङ्कलन गरी राजनीतिक प्रताडनाको वातावरण सिर्जना भएको दाबी उनले गरे।

“पहिले राजनीतिक प्रताडनाको कुसंस्कार बसेको थियो, अहिले त्यसलाई सुधार्ने प्रयास भइरहेको छ,” उनले भने।

उनले आर्थिक अपराध अनुसन्धानका लागि भविष्यमा अख्तियारजस्तै छुट्टै ‘इकोनोमिक क्राइम अथोरिटी’ गठन गर्ने विषयमा समेत बहस आवश्यक रहेको धारणा राखे। यद्यपि, नेपाल हाल ग्रे लिस्टमा रहेकाले तत्कालका लागि विद्यमान कानुनी संरचना र संयन्त्रलाई थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए।

सम्बन्धित समाचार

सरकारले गर्‍यो सयदिने उपलब्धि सार्वजनिक (पूर्णपाठ)
सरकारले गर्‍यो सयदिने उपलब्धि सार्वजनिक (पूर्णपाठ)
  • २०८३ असार १८, १९: ४२

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाह नेतृत्वको सरकारले आज सय दिने उपलब्धि सार्वजनिक गरेको छ ।...

बागमती सरकारको आ.व. २०८३/०८४ को बजेट पास
बागमती सरकारको आ.व. २०८३/०८४ को बजेट पास
  • २०८३ असार १८, १९: ४२

हेटौँडा : बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट प्रदेशसभाबाट बहुमतले...

कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजी जारी
कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजी जारी
  • २०८३ असार १८, १९: ४२

काठमाडौं : कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजी गर्न सोनार क्यामरा र म्याग्नेटसहितको टोली पठाइएको छ। दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७...