संविधानका आधारभूत विषय चलाए देश दुर्घटनामा पर्न सक्छ : हर्क साम्पाङ – Naya Bikalpa
July 21, 2026, Tuesday      Epaper

संविधानका आधारभूत विषय चलाए देश दुर्घटनामा पर्न सक्छ : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संविधानका आधारभूत विषयमा हस्तक्षेप गरे देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष साम्पाङले संविधान संशोधनका विषयमा छलफल भइरहे पनि संघीयता, समावेशिता र धर्मनिरपेक्षता जस्ता आधारभूत व्यवस्थामाथि दखल गर्न नहुने बताएका हुन्।

उनले संविधानका यी तीन मूलभूत विषयलाई तलमाथि गर्ने प्रयास भए देशले पुनः अस्थिरता र दुर्घटनाको अवस्था भोग्न सक्ने उल्लेख गरे।

साम्पाङले विगतका गल्ती दोहोरिन सक्ने भन्दै संविधान संशोधनका विषयमा सबै पक्ष सजग हुनुपर्ने धारणा राखे। उनले संघीयता, समावेशिता र धर्मनिरपेक्षताबाहेक अन्य विषयमा भने छलफल गरेर आवश्यक संशोधन गर्न सकिने बताए।

सम्बन्धित समाचार

निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने
निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने
  • २०८३ असार २२, १६: २८

काठमाडौँ ।  संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध...

सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो खुला
सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो खुला
  • २०८३ असार २२, १६: २८

काठमाडौं : सांसदहरूले स्वकीय सचिव राख्न पाउने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ । कानुन, न्याय तथा संसदीय मामिला...

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०८३ असार २२, १६: २८

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय...