

नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमितिको बैठक दुई सातापछि आगामी असोज १९ गते सोमबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बोलाएका छन् ।
पार्टीको आगामी १४ औं महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म गर्ने गरी निर्धारण भएको कार्यतालिका प्रभावित हुने भएपछि आगामी असोज १९ गतेको बैठक बोलाइएको छ ।
पार्टी केन्द्रीय कार्यसमितिको गत असार २२ गतेको बैठकले पार्टीको १४ औं महाधिवेशन र प्रदेश, जिल्ला, क्षेत्र, पालिका र वडा अधिवेशनको कार्यतालिका तोकेको थियो । पार्टी केन्द्रीय कार्यसमितिको बैठक तीन महिनासम्म बस्न नसक्दा पार्टीका शीर्ष नेताबीच नै महाधिवेशनलाई लिएर बिबाद उत्पन्न हुन थालेका छन् ।
पार्टी सभपाति शेरबहादुर देउवाले कोभिड १९ का कारण केन्द्रीय महाधिवेशन नै प्रभावित हुने भन्दै फागुनमा सम्भव नभए २०७८ साल भदौमा महाधिवेशन गर्न सकिने प्रस्ताव अघि सारेका थिए ।
सभापति देउवाको यस्तो प्रस्तावप्रति आशंका व्यक्त गर्दै अर्का नेता रामचन्द्र पौडेलले पुरानै प्रतिनिधिलाई समावेस गरेर भए पनि आगामी फागुनमै महाधिवेशन हुनु पर्ने माग गरेका थिए ।
महाधिवेशनको तयारी सन्दर्भमा सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।
केन्द्रीय कार्यसमिति बैठकमा भाग लिन आउनेहरुले कोभिड–१९ को महामारीका कारण बैठक अगाडि पिसिआर टेष्टको व्यवस्था पार्टी केन्द्रीय कार्यालयले गरेको हुँदा पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य एवम् आमन्त्रित केन्द्रीय सदस्यलाई जानकारी गराएको छ ।
पार्टीले नेतासहित केन्द्रीय कार्यालयका कर्मचारीलाई अनिवार्य रुपमा असोज १५ गते विहान ११ देखि ३ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भई पिसिआर टेष्ट गराउन अनुरोध गरिएको छ ।
काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...
काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...