मन्त्रिमण्डल पुनर्गठनः गाेकुलकाे अभाव मेट्न अपहरणका आराेपित महेश बस्नेत ल्याउदै ओली – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

मन्त्रिमण्डल पुनर्गठनः गाेकुलकाे अभाव मेट्न अपहरणका आराेपित महेश बस्नेत ल्याउदै ओली

नयाँ विकल्प

काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनभित्रै मन्त्रिमण्डल पुर्नगठन गर्ने तयारी गरेका छन् । यसका लागि आईतबारको सचिवालय बैठकमा एक चरणको छलफल गरेका छन् भने मंगलबार सचिवालयको बैठकमा थप छलफल हुने भएको छ।

प्रधानमन्त्री ओलीकाे मन्त्रिमण्डलमा सबैभन्दा विश्वासपात्र तत्कालिन सञ्चारमन्त्री गाेकुल बास्काेटा थिए । ओलीका तिनै विश्वासपत्र ७० कराेड कमिसन काण्डकाे विवादमा फसेपछि बास्काेटाले राजीनामा दिनु पर्दा प्रधानमन्त्री ओलीलाइ उनकाे अभाव महशुस हुँदै आएकाे थियाे ।

प्रधानमन्त्री ओलीले तिनै बास्काेटाकाे स्थानमा भक्तपुर क्षेत्र नम्बर-२ बाट निर्वाचित सांसद महेश बस्नेतलाइ संचार तथा सूचना प्रविधि मन्त्रालयकाे जिम्मेवारी दिने तयारी गरेका छन् । ओलीले सञ्चार मन्त्री बनाउन लागेका महेश बस्नेत संसद तथा पूर्वराज्यमन्त्री सुरेन्द्र यादव अपहरण काण्डका मुख्य याेजनकार हुन् ।

प्रधानमन्त्री ओलीकाे उपेन्द्र यादव नेतृत्वकाे समाजवादी पार्टी फुटाएर प्रदेश दुइ सरकार विघटन गर्ने र नेकपाकाे सरकार बनाउने याेजना अनुसार सांसद अपहरण गरिएकाे थियाे । सांसद महेश बस्नेत, किसान श्रेष्ठ तथा पूर्व आइजीपी शर्वेन्द्र खनालविरूद्द सांसद यादवकाे अपहरणकाे आराेप लागेकाे छ ।

आइतबार बसेकाे सचिवालय बैठकमा मन्त्रिपरिषदमा पठाउने ब्यक्तिको मापदण्डका विषयमा छलफल भएको थियो। कसलाई पठाउने भन्ने विषयमा आवश्यकता अनुसार प्रधानमन्त्रीले सूची तय गर्ने छन् ।

संवैधानिक आयोगमा हुने राजनीतिक नियुक्तिका विषयमा पनि सरकारलाई निर्णय गर्न सहज हुनेगरी बैठकमा छलफल हुने बताईएको छ। मंगलबारको सचिवालय बैठकमा पार्टी एकीकरणका बाँकी काम पूरा गर्ने र संगठन विभागको निर्णयमाथि छलफल हुने बताइएकाे ।

स्थायी समिति र केन्द्रीय कमिटीमा रिक्त रहेको पदपूर्ति गर्ने, केन्द्रीय कमिटी सदस्यहरुलाई नियमित रुपमा आर्थिक सहयोग गर्ने विषयमा पनि सचिवालयमा छलफल हुने बताइएको छ।

स्रोतका अनुसार मन्त्रिमण्डलमा सामेल हुने ब्यक्तिहरुका बिषयमा सैद्धान्तिक छलफल भएपनि त्यसको जिम्मा सचिवालयले प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई दिने संंभावना रहेको एक नेताले बताए।

उपाध्यक्ष बामदेव गोतमलाई उपप्रधानमन्त्री र अर्थमन्त्रीको जिम्मा दिने पक्षमा प्रचण्ड भएपनि तत्काल उनीविरुद्ध सर्बोच्चमा रिट परेकोले प्रधानमन्त्री ओलीलाई उम्कन सजिलो भएको छ। सचिवालय सदस्य नारायाणकाजी श्रेष्ठपनि मन्त्री बन्ने सूचीबाट रिङ आउट भएको एक नेताले जानकारी दिए ।

खानेपानी मन्त्री बिना मगरलाई बिदा गर्ने पक्षमा प्रधानमन्त्री ओली रहेपनि तत्काल मेलम्चीकाे पानी काठमाडौमा नल्याई उनलाई फेर्नु हुदैन भन्ने पक्षमा प्रचण्ड रहेको बताईएको छ।

अवको मन्त्री मण्डलमा महेश बस्नेतले सूचना तथा संचार प्रविधि मन्त्रालयको जिम्मा पाउने स्रोतले बतायो। उपप्रधानमन्त्री बन्न नपाएका गौतमका लागि उनकी पत्नी तुलासा थापा मगरलाई ल्याएर गौतमको आँसु पछनी गर्न लागिएको बालुवाटार स्रोतले बतायो।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७७ आश्विन ६, १२: १५

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०७७ आश्विन ६, १२: १५

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७७ आश्विन ६, १२: १५

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...