एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति – Naya Bikalpa
August 13, 2026, Thursday      Epaper

एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।

सोमबार विशेष अदालतका सदस्य न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले अनुसन्धानका लागि तीन दिन म्याद थप गर्ने आदेश दिएको हो।

पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। त्यसयता अनुसन्धानका लागि अदालतले पटक–पटक म्याद थप गर्दै आएको छ। प्रारम्भमा सात दिनको म्याद दिइएको थियो। त्यसपछि असार १५ गते तीन दिन, असार १८ गते छ दिन र असार २४ गते पाँच दिन म्याद थप गरिएको थियो।

नवीन आदेशसँगै उनीमाथिको अनुसन्धान जारी रहने भएको छ।

सम्बन्धित समाचार

स्वदेश फर्किँदै देउवा, स्वागतका लागि कांग्रेस नेताहरू विमानस्थल पुग्ने
स्वदेश फर्किँदै देउवा, स्वागतका लागि कांग्रेस नेताहरू विमानस्थल पुग्ने
  • २०८३ असार २९, २०: २३

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् । देउवा थाई एयरको विमानमार्फत बिहीबार मध्यान्ह १२...

राष्ट्रिय सभाको बैठक बस्दै
राष्ट्रिय सभाको बैठक बस्दै
  • २०८३ असार २९, २०: २३

काठमाडौं : राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बिहीबार दिउँसो सवा १ बजे बैठक बस्ने तय छ। बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी...

यी स्थानमा आज वर्षाको सम्भावना
यी स्थानमा आज वर्षाको सम्भावना
  • २०८३ असार २९, २०: २३

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...