ओलीको आरोप- ‘वर्तमान सरकार हिंसा र तोडफोडको आधारमा बनेको हो’ – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper

ओलीको आरोप- ‘वर्तमान सरकार हिंसा र तोडफोडको आधारमा बनेको हो’

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार हत्या, हिंसा, तोडफोड र आगजनीको आधारमा बनेको आरोप लगाएका छन् । उनले नेपालको राजनीति अहिले दिशाहीन, विधिहीन र थितिविहीन अवस्थामा पुगेको दाबी गर्दै लोकतान्त्रिक मूल्य र संवैधानिक प्रक्रियामाथि आघात पुगेको टिप्पणी गरे ।

आइतबार पार्टीको संसदीय मामिला विभागले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको एमाले सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले लोकतन्त्रमा सरकार परिवर्तनका लागि संविधान र कानुनले स्पष्ट व्यवस्था गरेको भए पनि वर्तमान सरकार त्यस विपरीत बनेको आरोप लगाए ।

उनले वर्तमान राजनीतिक अवस्थालाई परिभाषाविहीन र दिशाविहीन भन्दै भदौ २३ र २४ पछिका घटनाक्रमपछि मुलुकको राजनीति सही मार्गबाट विचलित भएको दाबी गरे । लोकतान्त्रिक व्यवस्थामा सरकार गठन र परिवर्तनका लागि संवैधानिक प्रक्रिया अपनाइनुपर्ने भए पनि अहिलेको सरकार हिंसा, कब्जा, तोडफोड र आगजनीको जगमा बनेको उनको भनाइ थियो ।

कार्यक्रममा अध्यक्ष ओलीले वैदेशिक रोजगारीका विषयमा पनि टिप्पणी गर्दै अहिले विदेश जाने नेपाली युवाको संख्या अघिल्लो वर्षको तुलनामा बढेको भए पनि त्यसबारे कसैले आवाज नउठाएको बताए ।

उनले अघिल्लो वर्ष वैदेशिक रोजगारीका लागि युवाहरू विदेश गएको विषयलाई लिएर व्यापक आलोचना र बहस भएको स्मरण गर्दै अहिले संख्या अझ बढी भए पनि त्यसलाई सामान्य रूपमा लिइएको टिप्पणी गरे ।

अध्यक्ष ओलीले अहिले विदेश जाने युवालाई ‘यो उनीहरूको अधिकार हो’ भन्ने व्याख्या गर्न थालिएको उल्लेख गर्दै राजनीतिक स्वार्थअनुसार एउटै विषयलाई फरक–फरक ढंगले प्रस्तुत गर्ने प्रवृत्ति बढेको आरोप लगाए । उनका अनुसार जनताको हितभन्दा संकीर्ण राजनीतिक स्वार्थलाई प्राथमिकता दिँदै तथ्यलाई बङ्ग्याएर प्रस्तुत गर्ने काम भइरहेको छ ।

उनले यस्ता भ्रमपूर्ण व्याख्यालाई सच्याएर सही सूचना जनतासम्म पुर्‍याउने महत्वपूर्ण जिम्मेवारी संसद्को भएको बताए । संसद्‍मा कानुन निर्माणका लागि आवश्यक बहुमत नभए पनि जनताको पक्षमा आवाज उठाउने, तथ्य प्रस्तुत गर्ने र सरकारलाई जवाफदेही बनाउन संसद् प्रभावकारी मञ्च भएको अध्यक्ष ओलीको भनाइ थियो ।

सम्बन्धित समाचार

लिग-२ मा नेपालको खराब प्रदर्शन
लिग-२ मा नेपालको खराब प्रदर्शन
  • २०८३ श्रावण ३, १५: ४६

काठमाडौं : आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत सोमबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । नेदरल्यान्ड्सको...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८३ श्रावण ३, १५: ४६

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...

डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
  • २०८३ श्रावण ३, १५: ४६

काठमाडौं : डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएकाे छ । साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका...