
काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध प्राप्त उजुरीहरू समितिका सदस्यहरूलाई वितरण गर्ने कार्यसूची रहेको छ।
समितिले यसअघि असार २५ गते प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की तथा आयुक्तहरू डा. राजीव सुब्बा र गुरु वाग्ले विरुद्ध उजुरी दर्ताका लागि १० दिनको समय दिँदै सार्वजनिक आह्वान गरेको थियो।
यसअघि असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा निर्वाचन आयुक्तमा डा. राजीव सुब्बा र गुरु वाग्लेलाई नियुक्तिका लागि सिफारिस गरेको थियो।
उजुरी वितरणपछि समितिले प्राप्त उजुरीमाथि अध्ययन गरी प्रस्तावित पदाधिकारीहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउनेछ।
रोल्पा : थवाङ गाउँपालिका-५ कोट बारामा गए राति अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर बेपत्ता भएका १० मध्ये थप एक...
काठमाडौं : जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरिएकोप्रति सर्वत्र विरोध भएको छ । प्रहरीले पत्रकार...
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् । देउवा थाई एयरको विमानमार्फत बिहीबार मध्यान्ह १२...