इरान युद्धमा अमेरिकाको साढे ३७ अर्ब डलर खर्च – Naya Bikalpa
August 13, 2026, Thursday      Epaper

इरान युद्धमा अमेरिकाको साढे ३७ अर्ब डलर खर्च


काठमाडौं : अमेरिकी रक्षामन्त्री पिट हेग्सेथ अमेरिका–इजरायलको इरानविरुद्धको युद्धमा हालसम्म अमेरिकाले करिब ३७.५ अर्ब अमेरिकी डलर (५७८ अर्ब ५५ करोड नेपाली रुपैयाँ) खर्च गरेको बताएका छन् । उनले अमेरिकी सिनेटको विनियोजन समितिको सुनुवाइमा उक्त जानकारी दिएका हुन् ।

हेग्सेथका अनुसार यो रकममा सेप्टेम्बरसम्मका केही सैन्य सञ्चालन तथा मर्मतसम्भार खर्च पनि समावेश छन् । यसअघि ट्रम्प प्रशासनले मे महिनामा युद्ध खर्च २९ अर्ब डलर रहेको जनाएको थियो ।

सुनुवाइका क्रममा पिट हेग्सेथ इरानसँग जारी युद्धका कारण अमेरिकी हतियार भण्डारमा दबाब परेको उल्लेख गर्दै उच्च माग भएका हतियार, मिसाइल, हाइपरसोनिक प्रणाली र ड्रोन प्रतिरक्षा क्षमताको उत्पादन बढाउन थप बजेट आवश्यक रहेको बताएको अल जजिराले जनाएको छ ।

यता, इरानसँगको द्वन्द्व जारी रहेकाले अमेरिकी रक्षा बजेटलाई बढाएर १.५ ट्रिलियन डलर पुर्‍याउने प्रस्तावमाथि सिनेटमा छलफल भइरहेको छ । विपक्षी सांसदहरूले भने प्रस्तावित बजेटको औचित्यमाथि प्रश्न उठाएका छन् ।

सम्बन्धित समाचार

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला
रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला
  • २०८३ श्रावण ६, ०७: ३१

रोल्पा : थवाङ गाउँपालिका-५ कोट बारामा गए राति अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर बेपत्ता भएका १० मध्ये थप एक...

पत्रकार श्रेष्ठ पक्राउको सर्वत्र विरोध, काठमाडौं प्रहरी परिसर अगाडि महासंघको धर्ना
पत्रकार श्रेष्ठ पक्राउको सर्वत्र विरोध, काठमाडौं प्रहरी परिसर अगाडि महासंघको धर्ना
  • २०८३ श्रावण ६, ०७: ३१

काठमाडौं : जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरिएकोप्रति सर्वत्र विरोध भएको छ । प्रहरीले पत्रकार...

राष्ट्रिय सभाको बैठक बस्दै
राष्ट्रिय सभाको बैठक बस्दै
  • २०८३ श्रावण ६, ०७: ३१

काठमाडौं : राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बिहीबार दिउँसो सवा १ बजे बैठक बस्ने तय छ। बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी...