मन्त्रिमण्डल पुनर्गठनबारे छलफलः बामदेवकाे मुहार मलिन, नारायाण काजीकाे बाेलिनै फुटेन – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper
नेकपा सचिवालय बैठक भित्रकाे दृष्य

मन्त्रिमण्डल पुनर्गठनबारे छलफलः बामदेवकाे मुहार मलिन, नारायाण काजीकाे बाेलिनै फुटेन


नयाँविकल्प,


काठमाडौ – गत आईतबार नेकपा सचिवालयको बैठक बसिरहदा केही अनाैठाे खालका दृष्या देखिए। अध्यक्ष प्रचण्डले आफु कार्यकारी भएको महसुस हुनेगरी बसेको सो बैठक पूर्ब माओवादीको केन्द्रीयकार्यलय पेरिस डाँडामा आयोजनाभएको थियो।

पेरिस डाँडामा बसेको सचिवालयको यो पहिलो बैठक थियो। दुई पार्टी एकीकरण हुुँदा पेरिस डाँडाको कार्यलयलाई जनबर्गीय संगठन र पूर्ब एमालेको धुम्बाराही कार्यालयलाई नेकपाको केन्द्रीय कार्यालय बनाउने सहमति भएको थियो।

आईतबारको सो बैठकको छलफलको एजेण्डा पनि गंभीर थिए। त्यो मध्ये पहिलो थियो मन्त्रिमण्डलमा कस–कसलाई पठाउने। त्यो मध्यका सचिवालय भित्रैबाट दावेदार थिए उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ । बैठकमा गौतमलाई उपप्रधान तथा अर्थमन्त्री बनाउने प्रस्तावक थिए अध्यक्ष प्रचण्ड।

नारायाणकाजीका प्रस्तावक भने वरिष्ठ नेता माधव कुमार नेपाल थिए। यो छलफल चलिरहदा अर्का वरिष्ठ नेता झलनाथ खनालले भने एउटा गजवको प्रस्ताव बैठकमा ल्याए । उनको प्रस्ताव थियो पुराना सबैलाई बिदा गरौ, अबको मन्त्रिमण्डलमा नयाँ लाई पठाउ।

यो प्रस्ताव आएपछि सचिवालय सदस्य रहेका रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादलले एक अर्कालाई पुलुक्क हेरेका थिए। यो छलफल चलिरहेको बेला महासचिव विष्णुु पौडेलले कामका आधार मामन्त्रीहरुको मुल्याङकन गरौ र सोही अनुसार नयाँँ पठाउ भन्दै गौतमलाई उपप्रधानमन्त्रीत था अर्थमन्त्री बनाउन संविधानले नरोक्ने भन्दै गौतमको बचाउ गरेकाथिए।

मन्त्रीहरुको मापदण्डका कुरा चलेपछि अन्तिम माप्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा हस्ताक्षेप गर्दै भने – कामरेडहरु अव सचिवालयबाट मन्त्री नथपौ भन्ने मेरो सोचाई छ’। बामदेव कामरेडको पनि अदालतमा रिट परेको छ, यो बिषय माथि पनि विवादमा नपरौ भन्दै ओलीले धाराणा राख्दा प्रचण्ड र गौतमबीच हेरा हेर चल्यो।

यो छलफलको अन्तिममा निष्कर्ष थियो – अब सचिवालयका सदस्य कोही पनि सरकारमा जाँदैनन।
छलफलको यो निष्कर्ष पछि उपाध्यक्ष बामदेव गौतमले अनुहार बिगारेका थिए भने नारायाणकाजीले कपाल सुम सुुम्याएका थिए। अध्यक्ष प्रचण्ड भने केही बोलेनन् । त्यस पछि महासचिव बिष्णु पौडेलले माईन्युटमा लेखेकाथिए – छलफल सौहाद्र भयो।


आईतबारको बैठकमा मन्त्रीहरुको नामबारे कुनै टुंगो लागेन। सोमबारका लागि बैठक स्थागित गरियो। तर सो दिनपनि बैठक स्थागित भए पछि मंगलबार १२ बजे का लागि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सूचना सदस्यहरुलाई गरियो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मंगलबारको बैठकमा भने मन्त्रीहरुबारे कुनै छलफलनै भएन। अन्य बिषयमा तीन घण्टा छलफलपछि बैठक सकियो।

सम्बन्धित समाचार

प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान
प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान
  • २०७७ आश्विन ७, १५: ३३

काठमाडौं : आजदेखि आगामी पाँच दिनसम्म मुलुकको प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान गरिएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको...

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
  • २०७७ आश्विन ७, १५: ३३

काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ३ हजार २ सय रुपैयाँले घटेर तोलामा...

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब नाघ्यो
प्रधानमन्त्री राहत कोषमा १५ अर्ब नाघ्यो
  • २०७७ आश्विन ७, १५: ३३

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्नेक्रम जारी छ । हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...