हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्।

प्रारम्भिक जानकारीअनुसार मृतकको पहिचान मकवानपुरको थाहा नगरपालिका–३ चित्लाङ निवासी आसमान गोपालीका रूपमा भएको प्रहरीले जनाएको छ।

घटनास्थलमा ठूलो मात्रामा रगत देखिएको छ। साथै, घटनापछि मृतकसँगै रहेकी एक महिला फरार रहेको र उनको खोजी कार्य तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

घटनाको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्री घटनास्थलमा पुगेर अनुसन्धानको नेतृत्व गरिरहेका छन्। प्रहरीले घटनास्थललाई सुरक्षा घेराभित्र राखी प्रमाण सङ्कलन, प्रत्यक्षदर्शीसँग सोधपुछ तथा अन्य अनुसन्धानलाई तीव्रता दिएको छ।

त्यसैगरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका इन्स्पेक्टर राजु बिष्ट पनि घटनास्थलमा परिचालित छन्। हेटौँडा उपमहानगरपालिका–११ की वडा अध्यक्षसमेत घटनास्थलमा पुगेर मृतकका आफन्तसँग समन्वय र आवश्यक सहयोगमा जुटेकी छन्।

प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। मृत्युको वास्तविक कारण, फरार महिलाको सम्भावित संलग्नता तथा घटनाको प्रकृतिबारे अनुसन्धान जारी रहेकाले आधिकारिक निष्कर्ष आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
  • २०८३ श्रावण १०, १३: २१

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...

ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
  • २०८३ श्रावण १०, १३: २१

ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...

४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
  • २०८३ श्रावण १०, १३: २१

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...