गायब सीमा स्तम्भ बारे जानकारी दिएकाे भन्दै सहायक सिडिओमाथि २४ घण्टे स्पष्टीकरण – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper
प्रधानमन्त्री ओलीकाे अनाैठाे राष्ट्रवाद

गायब सीमा स्तम्भ बारे जानकारी दिएकाे भन्दै सहायक सिडिओमाथि २४ घण्टे स्पष्टीकरण


नयाँ विकल्प,
काठमाडाैं – राष्ट्रवादकाे दुवाइ दिएर कहिल्यै नथाक्ने प्रधानमन्त्री केपी शर्मा ओलीले हराएकाे नेपालकाे सिमानाबारे सूचना चुहाएकाे आरोपमा सरकारी कर्मचारीलाइ २४ घन्टे स्पष्टीकरण साेधेका छन् ।

नेपालकाे उत्तरी छिमेकी मुलुक चीनले नेपालकाे भूमी मिचेकाे र सिमा समस्याबारे सूचना दिएको भन्दै हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई सरकारले स्पष्टीकरण साेधेकाे हाे ।

नेपाल – चीन सिमानामा चिनियाँ पक्षले नेपाली भूमी मिचेर भौतिक संरचनाहरु बनाएको समाचारलाइ लिएर सहायक प्रमुख जिल्ला अधिकारी (सीडीओ) दत्तराज हमाललाई गृह मन्त्रालयले स्पष्टीकरण माग गरेको हाे ।

जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाल

हमाल जिल्ला प्रशासन कार्यालय हुम्लाका सहयक प्रमुख तथा सूचना अधिकारीसमेत हुन । असोज ३ गते नेपाल -चीन सिमाना अध्ययन तथा निरिक्षणका लागि हुम्लाका जनप्रतिनिधिहरु र स्थानीय लाप्चामा पुगेर निरिक्षण समेत गरेका थिए । टाेलीले अनुगमन गर्दा ११ नम्बर पिलर समेत गायव थियाे ।

११ नम्बर सीमास्तम्भ हराएकाले नेपाल र चीनसँगको सिमाना पटक–पटक विवाद हुने गरेको थियो । सुरक्षाकर्मीको टोलीले त्यसको खोजीलाई अन्तिम लक्ष्य मान्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मीलाई सिमानामा दुई टोली बनाएर खटाएको थियो ।

हराएकाे भनिएकाे सिमा स्तम्भ भेटिएकाे सरकारी अधिकारीले दाबी गरेका छन् ।

साेहि टाेलिले नेपाली भूमीमा चीनले सिमाना मिचेर एकतर्फि भवन बनाएकाे हुनसक्ने भन्दै गृहमन्त्रालयमा प्रतिवेदन समेत बुझाएको थियो । साे विषयलाइ संचार माध्यमले प्राथमिकताका साथ संप्रेषण गरेपछि सरकारको ध्यानाकर्षण भएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी (सीडीओ) दत्तराज हमाललाई २४ घण्टाभित्र जवाफ पठाउन गृहले निर्देशन दिएको छ ।

सम्बन्धित समाचार

कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
  • २०७७ आश्विन ८, १६: ४१

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौंको नागार्जुन नगर सभापतिमा राजेन्द्र बुढाथोकी विजयी भएका छन्। नागार्जुन नगरको तेस्रो नगर अधिवेशनअन्तर्गत...

नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
  • २०७७ आश्विन ८, १६: ४१

काठमाडौं : नेपाली कांग्रेस को १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर पालिका तहका अधिवेशन सुरु भएका छन्। पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार...

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
  • २०७७ आश्विन ८, १६: ४१

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...