
काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भू-भाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बुधबार बिहान कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको छ।
पछिल्लो चौबीस घन्टामा कञ्चनपुरको शान्तिपुर बेलौरीमा १२२ मिलिमिटर वर्षा मापन भएको छ। सिन्धुपाल्चोकको गोब्रेमा ११९.६ मिलिमिटर वर्षा भएको छ भने सर्लाहीको मनुस्मारामा ८५.८ मिलिमटर वर्षा भएको छ।
बाँकी प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा मापन भएको छ।
बुधबार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ।
दिउँसो देशको हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। देशका तराई भू-भाग केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू-भाग तथा गण्डकी, लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
बुधबार राति देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान छ।
राति देशका हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग साथै मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
कर्णाली प्रदेशका पहाडी भू-भाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा राति भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुने जनाएको छ ।...
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सुकुम्वासीका समस्या समाधानमा सरकार गम्भीर...
हेटौंडा : बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद् विस्तार गरेका छन् । बागमती सरकारकी भौतिक पूर्वाधार विकास मन्त्री बिनु...