ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको बताएकी छन् ।

प्रतिनिधिसभाको आजको बैठकको सांसदहरूले उठाएका प्रश्न र सवालबारे जवाफ दिँदै मन्त्री यादवले ग्यासको अभाव हुन नदिन आवश्यक सहजीकरण र बजार अनुगमनाई तीव्रता दिइएको बताएकी हुन् । उनले अफवाह र भ्रमको पछि नलागी आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्न उपभोक्तालाई आग्रह गरिन् ।

अघिल्लो वर्षको आयातको तुलनामा नियमित माग धान्नसक्ने परिणाममै ग्यास आयात भए पनि बीचमा आधा सिलिण्डर दिइँदै आएकामा पूर्ण सिलिण्डर उपलब्ध गराउन थालिएपछि बजारमा माग र आपूर्तिको असन्तुलन भएको स्पष्ट पारिन् ।

मन्त्री कुमारीले हाल ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा रहेको जनाउँदै १० हजार १६६ मेट्रिकटन कुल भण्डारण क्षमता, एक करोड ७५ ग्यास सिलिण्डर दैनिक फिलिङ क्षमता रहेको जनाइन् । उनले संसदीय समितिको निर्देशन कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन दिइ अगुगमन अघि बढाइएको बताउँदै एलपी ग्यास सिलिण्डरको ट्राकिङका लागि नेपाल आयल निगमबाट आवश्यक प्राविधिक कार्य आरम्भ गरिएको बताइन् ।

मन्त्री यादवले माग बढेकाले तीन महिनाका लागि भारतबाट ग्यास आयतको कोटा थप्न कूटनीतिक माध्यमबाट पहल भइरहेको पनि स्पष्ट पारिन् । उनले घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखी खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री वितरण गर्न तथा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र दीर्घरोगीलाई प्राथमिकता दिइएको बताइन् ।

सम्बन्धित समाचार

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
  • २०८३ श्रावण २२, १७: १३

काठमाडौं : एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पुर्‍यो । कतिपय बाढीमा...

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
  • २०८३ श्रावण २२, १७: १३

काठमाडौं : प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौंस्थित भारतीय दूतावासमा प्रदर्शन भएको छ । चलचित्रको कथासँग प्रत्यक्ष...

३२ हजारभन्दा बढी प्रत्यक्ष प्रभावित, ५५ किलोमिटर सडक र १०५ वटा पुलमा क्षति
३२ हजारभन्दा बढी प्रत्यक्ष प्रभावित, ५५ किलोमिटर सडक र १०५ वटा पुलमा क्षति
  • २०८३ श्रावण २२, १७: १३

काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)...