

नयाँ विकल्प,
काठमाडौं _ नेपाल तरुण दलले मृगौला रोगबाट पीडित संगठनको सुनसरी जिल्ला पूर्वअध्यक्ष दुर्गा देवकोटाको उपचारका लागि संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरुले दुई लाख २३ हजार बढी आर्थिक सहयोग जुटाई दिएका छन् ।
देवकोटाको मृगौला रोगको उपचार गर्न काँग्रेसका युवा नेता तथा काठमाण्डौँ क्षेत्र नं ३ का महासमिति सदस्य हरिबोल भण्डारी तथा तरुण दल नेता एवम् गैरआवासीय नेपाली संघका केन्द्रिय सदस्य शंकर खड्काको पहल र तरुण विभाग सदस्य विकास उप्रेतीको सक्रियतामा रकम संकलन गरिएको हो ।
देवकोटाका लागि अमेरीकाबाट दुई लाख २३ हजार ४० रुपैया सहयोग संकलन गरीएको तरुण दल अध्यक्ष जीतजंग बस्नेतले जनाए । अध्यक्ष बस्नेतले प्रवासमा बसेर पनि संगठनका एक योद्धा प्रति अपार माया र सदभाव देखाएकोमा मुक्तकंण्ठले प्रशंसा गर्दै आभार व्यक्त गरे ।
देवकोटाको उपचारमा आर्थिक सहयोग प्रदान गर्नेहरुमा हरिबोल भण्डारी, शंकर खड्का, विकास उप्रेती, गौरीराज जोशी, सुनिल शाह, अन्नत सुबेदी, प्रमोद सिटौला, गुप्ता जोशी, अमृत सापकोटा, कृष्णजीवी पन्त, उज्जवल खत्री, राजु बम्जन, अमृत कट्टेल, रघु सुवेदी, राजन त्रिपाठी र प्रविन घिमिरे रहेको तरुण दलले जनाएको छ ।
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...
ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...