सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिने – Naya Bikalpa
August 19, 2026, Wednesday      Epaper

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिने

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सभाबाट विश्वासको मत लिन प्रक्रिया अघि बढाएका छन् । उनले बुधबार प्रदेश सभामा विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्ने भएका हुन् ।

नेकपा संसदीय दलका नेता भट्ट २९ साउनमा नेकपा एमालेको समर्थनमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री बनेपछि संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने भएकाले उनले त्यससम्बन्धी प्रक्रिया अघि बढाएका हुन् ।

विश्वासको मत लिने विषयमा निर्णय गर्न भट्टले मंगलबार नेकपा संसदीय दलको बैठक बोलाएका थिए । बैठकबाट बुधबार प्रदेशसभामा विश्वासको मत लिने निर्णय गरिएको हो ।

यसका लागि मुख्यमन्त्री भट्टले मंगलबार नै प्रदेश सभा सचिवालयलाई पत्र पठाउँदै आवश्यक बैठक आह्वान गर्न आग्रह गरेका थिए । उनको पत्रका आधारमा बुधबार दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने गरी कार्यतालिका तय गरिएको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता
प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता
  • २०८३ भाद्र २, २०: २०

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि कार्यसम्पादन सम्झौता गरेका छन् । सिंहदरबारस्थित...

दलको विधान संशोधन गर्दै रास्वपा
दलको विधान संशोधन गर्दै रास्वपा
  • २०८३ भाद्र २, २०: २०

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २०८३ आवश्यकताअनुसार संशोधन गर्न कार्यदल गठन गर्ने भएको छ । आज...

चार महिनामा ११ हजार सरकारी कर्मचारी कारबाहीमा
चार महिनामा ११ हजार सरकारी कर्मचारी कारबाहीमा
  • २०८३ भाद्र २, २०: २०

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही गरेको छ...