
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो वार्ता टोलीलाई इरानसँगको वार्ता तत्काल रोक्न निर्देशन दिएका छन् ।
इरान कुनै सम्झौताका लागि तयार नभएसम्म वार्ता अघि नबढाउने निर्णय ट्रम्पले गरेको अमेरिकी अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार अमेरिका र इरानबीच यसअघि सकारात्मक छलफल हुँदै आएको थियो । तर, थप वार्ता अघि बढाउनुअघि केही समय पर्खिने निर्णय ट्रम्पले गरेका हुन् ।
यता, अमेरिका–इरान वार्तालाई पुनः सुरु गराउने प्रयासमा मध्यस्थकर्ताहरू सक्रिय छन् । कतारले मंगलबार दिएको जानकारीअनुसार, वासिङ्टन र तेहरानलाई पुनः वार्ताको टेबलमा ल्याउनुअघि मध्यस्थकर्ताहरू सम्भावित इरान–ओमान सम्झौताको प्रतीक्षामा छन् ।
यसैबीच, ट्रम्पले मंगलबार स्ट्रेट अफ होर्मुजलाई अमेरिकाको भूभागका रूपमा दाबी गर्दै सामाजिक सञ्जालमा एउटा नक्सा पोस्ट गरेका थिए । ट्रम्पको उक्त दाबीप्रति इरानका उपविदेशमन्त्री काजेम गरीबाबादीले आपत्ति जनाउँदै स्ट्रेट अफ होर्मुजलाई अमेरिकाको हिस्सा भन्नु भ्रम भएको बताएका छन् ।
अमेरिका र इरानबीचको तनावबीच वार्ता रोक्ने ट्रम्पको निर्णयले दुई देशबीचको कूटनीतिक प्रयास थप जटिल बन्न सक्ने देखिएको छ ।
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा आर्थिक कारबाही घोषणा गरेपछि सोमबार तेलको मूल्यमा गिरावट आएको छ । एसियाली बजारमा...
काठमाडौं । अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायले नेपालबाट पुरातात्त्विक तथा सांस्कृतिक सामग्री आयातमा कडा प्रतिबन्ध लगाउने अन्तिम नियम जारी...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै महत्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुजलाई ‘अमेरिकी क्षेत्र’ का रूपमा हेर्ने बताएका छन् ।...