
नयाँ विकल्प,
काठमाडौ – बिभिन्न ११ कम्युनिस्ट पार्टीहरुले सरकारले कोभिड १९का सम्बन्धमा गरेको निर्णय आततायी भएको निष्कर्ष निकालेका छन् । शुक्रबार बसेको ११ पार्टीहरुको संयुक्त बैठकले यस्तो निष्कर्ष निकालेको देशभक्त गणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले जानकारी दिएका छन् ।
विद्यमान संविधानको समेत धज्जी उडाउँदै यो विश्वव्यापी महामारीको उपचारबाट पन्छिने र विरामीले आफ्नो उपचारको जिम्मेवारी आफैंले लिनुपर्ने जस्ता सरकारले गरेको गैर जिम्मेवारी पूर्ण र आततायी निर्णय अविलम्ब फिर्ता गरी निःशुल्क उपचारको व्यवस्था गर्न माग गदैछौ’ निर्णयमा उल्लेख छ।
उनीहरुले पीसीआर परीक्षण अहिलेको भन्दा तीन गुणा बढाउन, कोरोना भाइरसको आशंका देखाई अन्य विरामीको उपचार नगर्ने अस्पताल माथि कडा कारवाही गर्न, सबै किसिमका विरामीको उपचार गर्न, कोभिड–१९ को खर्चको विवरण तुरुन्त सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्र ।
कारागारमा रहेका राजनीतिक तथा अन्य बन्दीहरुको कोरोना भाइरस लगायत सबै रोगको उपचारको अविलम्ब व्यवस्था गर्न, उपचार सामग्री र औषधी खरिदमा भएको भ्रष्टाचारको छानविन गरी भ्रष्टाचारी माथि कारवाही गर्न सरकार सँग जोडदार माग गरेका छन् ।
यसरी माग गर्नेहरुमा नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिंह, नेकपा माओवादी क्रान्तिकारीका महामन्त्री मोहन बैद्य किरण, नेकपा मालेका महासचिव सीपी मैनाली, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाल कम्युनिष्ट पार्टीका सह संयोजक लोकनारायण सुवेदी, नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँती, राष्ट्रिय जागरण परिषदका अध्यक्ष साध्यबहादुर भण्डारी लगायत छन् ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत देशका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य...
काठमाडौं : जिल्लामा भएका विभिन्न आपराधिक घटनाको अनुसन्धान तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको भन्दै रामेछापका दुई प्रहरी अधिकृत उत्कृष्ट...
काठमाडौं : प्रतिनिधिसभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ...