सरकारले लकडाउन गर्ने र खोल्नेबाहेक केही गर्न सकेनः सिटौला – Naya Bikalpa
September 4, 2026, Friday      Epaper

सरकारले लकडाउन गर्ने र खोल्नेबाहेक केही गर्न सकेनः सिटौला


नयाँ विकल्प

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कोरोना संक्रमण नियन्त्रणमा सरकार पुरै असफल रहेको आरोप लगाएका छन् ।

कोरोना संक्रमण नियन्त्रणका लागि भैरहेका प्रयासबारे प्रजातान्त्रिक प्राध्यापक संघले आयोजना गरेको भर्चुअल कार्यक्रममा नेता सिटौलाले ब्याङ्गात्मक शैलीमा भने ‘सरकारले कोरोना संक्रमण नियन्त्रणको ठाेस कदम चाल्नुकाे सट्टा लकडाउन लगाउन र खोल्ने बाहेक केही गर्न सकेन’ ।

नेता सिटौलाले कोरोना नियन्त्रणकमा केन्द्र सरकार पुरै असफल रहेको वताए । उनले पछिल्लो समय राजनीतिमा पैसा र पावरवाला मानिस छिराउने होडबाजी जस्तै चलेको भन्दै पार्टीहरू अब नेताहरुको परिवार र पैसावालाको कब्जामा पुगिसकेकाे बताए ।

उनले समानुपातिक समावेसिताको चरम दुरुपयोग भैरहेकाे भन्दै पैसा र पावरवाला ब्याक्तिलाई सत्ता र शक्तिमा ल्याउने काम भैरहेको आरोप लगाए ।

सिटौलाले भने शत्ताको वागडोर सम्हालिरहका ब्याक्तिले जनताको सेवक नभइ आफुलाइ शासकको रुपमा प्रस्तुत गरेकाे भन्दै राज्य सञ्चालकले सवैधानिक निकाय र कतिपय राज्यका स्वतन्त्र अंगहरुलाई कब्जामा लिएर नियन्त्रण गरेका कारण संविधानको प्रति जनताकाे भराेसा कम हुदै गएकाे र यसका मर्म विपरित ब्याख्या गर्दै संविधानकाे भावनालाइ समेत वंग्याउने र त्यसको दुरुपयोग भैरहेकाे आराेप लगाए ।

नेता सिटौलाले संविधानमा उल्लेख भएअनुसार सभामुख र उपसभामुख फरक पार्टीको हुनु पर्नेमा एउटै पार्टीको कब्जामा रहेको र लामो समयदेखि उपसभामुख नियुक्त हुन नसक्नु दुःखद रहेको बताए ।

सिटौलाले भने ‘संवैधानिक परिषद्को सदस्य उपसभामुख हुने कानुनी ब्यावस्थामै उल्लेख गरिएकाे छ । तर सभामुख र उपसभामुख दुवै नेकपा सरकारकाे कब्जामा रह्याे । यतिवेला उपसभामुख पद रिक्त छ तर नियुक्त हुन सकिरहेको छैन’ । जसका कारण संबैधानिक परिषद् समेत अपूर्ण छ ।

यसले गर्दा संवैधानिक नियकायमा लामो समयदेखि नियुक्ति रोकिएको छ । नेकपा नेतृत्वकाे सरकारले संवैधानिक ब्यावस्था असफल पार्दै कानुनी राज्यकै उपहास हुने गरी गतिविधि सञ्चालन गरेकाे र राज्य व्यवस्थाको चरम दुरुपयोग गरिरहेको आराेप लगाए ।

सिटौलाले नेकपा सरकार राज्य संञ्चालनमा पुरै असफल भैरहेका बेला प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले समेत जनताका समस्या समाधानकालागि ठाेस पहल गर्न नसकेको स्विकार गरेका छन् ।

उनले भने सरकार पुरै असफल हुँदा जनताले कांग्रेसप्रति अपेक्षा गरेकाे छन्। तर हामी जनअपेक्षा अनुसार काम गर्न सकेका छैनाै । लाले कांग्रेसले जन अपेक्षा अनुसार आफ्ना गतिविधि सञ्चालन गर्न नसकेका कारण नेपाली कांग्रेस भित्र र वाहिर समेत अविस्वास बढदै गएको बताए ।

उनले सत्ता पक्षले संविधानलाई कुल्चेर असफल बनाउने षडयन्त्रमालागेको भन्दै नेता सिटौलाले संविधानलाई बचाउने र संशोधन गर्दै अगाडि बढाउने दायित्व काँग्रेसकै रहेको बताएका छन ।

कांग्रेसभित्र नेतृत्व परिवर्तनकालागि बैचारिक बहस सुरु भएको भन्दै काँग्रेसमा ठूलो परिवर्तनको आवश्यकता रहेको भन्दै सिट्टौलाले त्यसकालागि अब सवै लोकतन्त्रवादी शक्ति एकठाउँमा आउनु पर्छ र ती शक्तिलाई नेपाली कांग्रेसले एकताबद्ध गराउनु सक्नुपर्ने बताए ।

कार्यक्रममा संविधानविद् डा. विपिन अधिकारी र पुर्णमान शाक्यले संविधानका विविध आयाम तथा सक्रमण नियन्त्रणमा भैरहेका प्रयास र कमजोरीबारेमा आफ्नो धारण राखेका थिए ।

सम्बन्धित समाचार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
  • २०७७ आश्विन १०, २०: ३१

काठमाडौं : चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ । उद्धार तथा विपद् राहत प्रयासका लागि...

कोरलाबाट भित्रिएका सामान चोभारमै जाँचपास गर्न सकिने
कोरलाबाट भित्रिएका सामान चोभारमै जाँचपास गर्न सकिने
  • २०७७ आश्विन १०, २०: ३१

काठमाडौँ : चीनसँगको कोरला नाकाबाट भित्रिएका वस्तुको भन्सार जाँचपास अब काठमाडौँस्थित चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट गर्न सकिने भएको छ...

भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
  • २०७७ आश्विन १०, २०: ३१

काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा गएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित...