आज यी स्थानमा भारी वर्षाको सम्भावना – Naya Bikalpa
September 4, 2026, Friday      Epaper

आज यी स्थानमा भारी वर्षाको सम्भावना


काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थान कै आसपास रहेको जनाएको छ।

शुक्रबार बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशक एक दुई ठाउँमा छिटपुट वर्षा भएको छ।

पछिल्लो चौबीस घन्टामा देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा भएको छ।

डोटीको झिग्रानामा पछिल्लो चौबीस घन्टामा ७५.२ मिलिमिटर, डडेलधुराको चौरबन्डालेमा ६६.२ मिलिमिटर, दैलेखको ग्वाटीमा ६२.६ मिलिमिटर, मुगुको मांग्रीमा ६५.२ मिलिमिटर, दोलखाको काब्रेमा ५९.६ मिलिमिटर वर्षा मापन भएको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ।

देशको हिमाली भू-भागका केही स्थानमा तथा पहाडी -भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चि प्रदेशका तराई भू-भागका केही स्थानमा तथा मधेश प्रदेश र कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।

त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भाग, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू-भाग तथा सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शुक्रबार राति देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान छ।

देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा तथा मधेश प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति नै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ|

सम्बन्धित समाचार

बाढीपीडितका लागि भारतद्वारा छैटौं र सातौं खेप राहत सामग्री हस्तान्तरण
बाढीपीडितका लागि भारतद्वारा छैटौं र सातौं खेप राहत सामग्री हस्तान्तरण
  • २०८३ भाद्र १९, ०७: ०४

काठमाडौं : बाढी प्रभावित नेपालका लागि भारतको मानवीय सहायता निरन्तर जारी छ। छैटौँ र सातौँ राहत उडानमार्फत बिहीबार राति कुल...

विज्ञ टोलीसहित बाढीग्रस्त क्षेत्र रसुवा पुगे गगन
विज्ञ टोलीसहित बाढीग्रस्त क्षेत्र रसुवा पुगे गगन
  • २०८३ भाद्र १९, ०७: ०४

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन कुमार थापा विज्ञहरूसहित बाढीग्रस्त क्षेत्र रसुवा पुगेका छन् । उद्धार र राहत वितरणको अवस्था...

आज श्रीकृष्ण जन्माष्टमी, देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरिँदै
आज श्रीकृष्ण जन्माष्टमी, देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरिँदै
  • २०८३ भाद्र १९, ०७: ०४

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको...